२९ सदस्यीय कार्यसम्पादन समिति गठनः घोषणा पत्र बनाउने जिम्मेवारी आचार्यलाई

आजभोलि

अस्मिता खड्का, काठमाडौं । नेपाली कांग्रेसको शनिवार बसेको केन्दीय कमिटिको बैठकले २९ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ  । जसमा ७ जना पदाधिकारी र २२ जना केन्द्रीय सदस्य रहेको कांग्रेसले जनाएको छ । यो समिति गठनपछि निर्णय गर्न सहज र सजिलो हुनेछ ।  कार्यसम्पादन समितिले पूर्ण बैठकबाट पारित गर्ने गरी तत्कालका लागि निर्णय लिन सक्ने विधानले व्यवस्था गरेको छ ।

 गठन गरिएको कार्यसम्पादन समितिमा तपशील बमोजिमका सदस्य रहेका छन्  ।


१. शेरबहादुर देउवा – सभापति
२. रामचन्द्र पौडेल – वरिष्ठ नेता,
३. डा. शशाङ्क कोइराला – महामन्त्री,
४. सीतादेवी यादव – कोषाध्यक्ष,
५. प्रकाशमान सिंह – केन्द्रीय सदस्य
६.कृष्णप्रसाद सिटौला – केन्द्रीय सदस्य
७.गोपालमान श्रेष्ठ- केन्द्रीय सदस्य
८.विमलेन्द्र निधि- केन्द्रीय सदस्य
९.कुलबहादुर गुरुङ- केन्द्रीय सदस्य
१०. खुमबहादुर खड्का- केन्द्रीय सदस्य
११.चित्रलेखा यादव – केन्द्रीय सदस्य
१२.पूर्णबहादुर खड्का- केन्द्रीय सदस्य
१३. डा रामशरण महत- केन्द्रीय सदस्य
१४. अर्जुननरसिंह केसी- केन्द्रीय सदस्य
१५.बलबहादुर केसी- केन्द्रीय सदस्य
१६.महेश आचार्य- केन्द्रीय सदस्य
१७.नरहरि आचार्य- केन्द्रीय सदस्य
१८.प्रदीप गिरी- केन्द्रीय सदस्य
१९. बालकृष्ण खाँण- केन्द्रीय सदस्य
२०.ज्ञानेन्द्रबहादुर कार्की- केन्द्रीय सदस्य
२१.रमेश रिजाल- केन्द्रीय सदस्य
२२.डा नारायण खड्का- केन्द्रीय सदस्य
२३.डा मीनेन्द्र रिजाल- केन्द्रीय सदस्य
२४. डा प्रकाशशरण महत- केन्द्रीय सदस्य
२५. फरमुल्ला मन्सुर- केन्द्रीय सदस्य
२६. मानबहादुर विश्वकर्मा- केन्द्रीय सदस्य
२७. सुजाता कोइराला- केन्द्रीय सदस्य
२८. दिलेन्द्रप्रसाद बडू- केन्द्रीय सदस्य
२९.एनपी साउद – केन्द्रीय सदस्य
 
पार्टीमा हाल पदाधिकारीका रुपमा सभापति, महामन्त्री, कोषाध्यक्ष मात्र छन् भने उपसभापति, महामन्त्री र सहमहामन्त्री र प्रवक्ता नियुक्त गर्न बाँकी छ । केन्द्रीय समितिले पार्टीको ४३ केन्द्रीय विभाग रहने निर्धारण गरेको छ । बैठकले नेता महेश आचार्यको संयोजकत्वमा स्थानीय तह निर्वाचन लागि घोषणापत्र तयारी समिति गठन गर्ने तयारी गरेको छ ।
 

  • १३ चैत्र २०७३, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !