युसुफको तिम्रो नयन बजारमा

आजभोलि

काठमाडौं । पछिल्लो समय खाडी मुलुक कतारलाई प्याटफर्म बनाएर नेपाली सांगीतिक आकाशमा चम्कने कलाकारहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ । यसैक्रमबाटै उदाएका गायक हुन युसुफ खान । मेलिडियस स्वरको धनी युसुफको जादुमाय आवाजको कारण कतारमा दर्जनौ कार्यक्रममा आफ्नो प्रस्तुती दिएर हजारौलाई मोहित बनाईसकेका छन । यिनै गायकको साङितिक यात्राको पहिलो कोशेली स्वरुप नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ । युसुफ  नामक एल्बममा समेटिएको  तिम्रो नयन बोलको भिडियोलाई आर्टिस्ट नेपालले सार्वजनिक गरेको छ ।

यस आधुनिक गीतमा स्वर र शब्द रचना युसुफ खान आफैले गरेका छन् भने कल्याण सिंहले संगीत भरेका छन् । राजाधानीको डोरेमी स्टुडियोमा प्रदिप जोशीले यस् गीतको संगीत संयोजन गरेका छन ।  भने त्यस्तै म्युजिक भिडियोमा अमृत सुनुवारको छायाँकनमा माधव बेल्बासेको सम्पादन रहेको छ । गीतलाई संचारकर्मी तथा संचारकर्म संगै म्युजिक भिडियो तथा बिज्ञापन निर्देशनमा आफ्नो पहिचान बनाईसकेका निर्देशक नव ढुंगेलले निर्देशन गरेका हुन । ढुंगेल “आर्टिस्ट“ म्यागजिक तथा आर्टिस्टनेपाल डटकम का प्रधान सम्पादक हुन ।  

यसै म्युजिक भिडियोमा मोडलिंग क्षेत्रमा डेब्यु गरेका समिम खानलाई मोडल तथा नायिका अनु शाहले साथ दिएकि छिन् ।  जे एस कृयसन हाउसको ब्युटिफुल वार्डड्रबमा तथा नन्दा अधिकारीको मेकअपमा दुबै आर्टिस्टहरु आकर्शक देखिएका छन । धादिङको रमणीयस्थल बेनिघाट बिगफिगमा छायांकन भएको भिडियोमा दुवै मोडलको आकर्षण प्रस्तुती देख्न सकिन्छ ।

वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहने गायकले आफु जता भएपनी अब निरन्तर संगीतमा रमाउने उनि आफैले थुप्रै गीत लेखीसकेको र अरु गीत पनि चाडै नै बजारमा आउने खानले जानकारी दिए ।

  • १५ चैत्र २०७३, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !