राप्रपामा पदलोलुपहरुको छटपटी

आजभोलि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा यतिबेला पदलोलुपहरुको छटपटि चल्न थालेको छ । पार्टी एकिकरण भइ महाधिवेसन सम्पन्न गरे पश्चात पदाधिकारीमा नपरेका पदका भोकाहरु पार्टी छाडेर बसेका नेताहरुकहाँ दौडन थालेका छन् ।

पहिला राप्रपा नेपालबाट अलग भएर राप्रपामा छिरेका दिलविकास राजभण्डारी, सगुन लावती तथा राप्रपा नेपालमै रहेका तारा लुईंटेल लगायत केही व्यक्तिहरु पदको लागि कहिले केशरबहादुर विष्ट र कहिले डा. प्रकाशचन्द्र लोहनीको ढोकामा धाउन थालेका छन् । यीमध्ये दिलविकास राजभण्डारी र सगुन लावतीले महाधिवेसनबाट केन्द्रीय सदस्य जितेका थिए भने तारा लुईंटेल पराजित भएका थिए ।

पैसाका भोकाहरुको नाममा चिनिने उनीहरु तीनैजनालाई केशरबहादुर विष्ट तथा डा. लोहनीले पनि पदाधिकारीमा राख्ने ठोस आस्वासन नदिएपछि उनीहरुको निद हराम जस्तै भएको छ ।

घरजग्गाको कारोबारबाट अकुत सम्पति भित्र्याएर पैसाकै बलमा पार्टीको उच्च तहमा रहँदै आएका दिलविकास राजभण्डारी र तारा लुईंटेल तथा बाबु स्व. पद्मसुन्दर लावतीद्वारा जबर्जस्ती पार्टीको उच्च ओहदामा तानिएका, आफ्नी श्रीमती मा. वविना लावती मार्फत संसद विकास कोषको रकम र पार्टीकै युवक संगठनको खाताबाट ठूलो रकम चप्काएका सगुन लावती यता न उताको स्थितीमा पुगेका छन् ।

तत्कालिन राप्रयुसं नेपालको सभापति हुँदा सगुन लावतीले दुई लाख पच्चिस हजार बैंक खाताबाटै चप्काएको बारे पार्टी एकिकरण पछि अहिले संगठनभित्र उक्त रुपैंयाको खोजी सुरु भएको छ । उनको जिल्ला पाँचथरमा संसद विकासको रकम ७० प्रतिशत गोजीमा हालेको भन्दै विरोध जारी छ । आफूखुसी योजना तर्जुमा गरि कागज मिलाएर संसद विकास कोषको चरम दुरुपयोगको आरोप खेपिरहेका लावतीलाई तत्कालिन पाँचथर–काठमाडौं सम्पर्क समाजको खातामा रहेको रकम समेत हिनामिना गरेको भन्ने आरोप पनि लागेको छ ।

हिजोका आफ्ना अती निकटका सहयोगीहरुले सगुनलाई छाडेर अन्य पार्टी अंगालेपछि आफुलाई छाडेर अलग्गिएका हिजोका निकटवर्तीहरुलाई सगुन लागतीले फेसबुकमा विभिन्न नाममा फेक आइडी खोलेर उनीहरुमाथि तल्लोस्तरको गालीगलौज गर्न थालेपछि उनका हिजोका दाहीने हात कहलिएका व्यक्तिहरु उनी विरुद्ध साइवर क्राइमको उजुरीको तयारीमा लागेका छन् ।

सगुन लावतीले लामा राजु, सुरेन याक्थुम्बा लगायतका नाममा नक्कली फेसबुक आइडी बनाएर आफ्ना इतरहरुलाई चरित्रहत्या गरिरहेको पिडितहरुले बताएका छन् ।   

राजनीतिक भविष्य लगभग सकिइसकेका यीनीहरुलाई कसैले काखी च्याप्ने नदेखिएपछि अन्य पार्टीहरुसँग समेत उनीहरुको वार्गेनीङ भइरहेको बताइन्छ ।

  • १५ चैत्र २०७३, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या