किन गएनन् उपप्रधानमन्त्रीहरु घोडेजात्रामा ?

आजभोलि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणमा जानुअघि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी नदिएको असर घोडेजात्रामा देखिएको छ । नेपाली सेनाले सोमबार घोडजात्राको अवसरमा टुडिखेलमा आयोजना गरेको विशेष कार्यक्रममा सरकारमा रहेका तीनै जना उपप्रधानमन्त्रीहरु गएनन् ।

नेपाली सेनाले प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीका नाममा निमन्त्रणा गरेको भएपनि कार्यवाहक प्रधानमन्त्री कोही नतोकिएकाले त्यहाँ नगएको स्रोतले दावी गरेको छ । वरीयता विवादका कारणले कार्यवाहक नतोकी प्रधानमन्त्री दाहाल चीन गएको प्रभाव घोडेजात्रामा देखिएको सैनिक अधिकारीहरुले पनि स्वीकार गरेका छन् ।
‘सैनिक मञ्च टुँडिखेलमा भएको घोडेजात्राको औपचारिक कार्यक्रममा तीनैजना उपप्रधानमन्त्रीहरु आउनु भएन, हामीले उहाँहरुलाई पनि निमन्त्रणा गरेका थियौं,’ सैनिक स्रोतले भन्यो ‘काम परेर हुनसक्छ उहाँहरु कोही पनि आउनु भएन ।’

टुडिखेलमा आयोजित औपचारिक कार्यक्रममा प्रधानमन्त्री वा कार्यवाहक प्रधानमन्त्रीका लागि पहिलो लहरमा विशिष्ट अतिथिसँगै कुर्सी राखिएको थियो, जुन कुर्सी खाली नै भयो । मन्त्रिपरिषदमा प्रधानमन्त्रीपछि को वरिष्ठ भन्ने विवादले प्रधानमन्त्रीको कुर्सी खाली रहन गएको हो ।

घोडेजात्राको औपचारिक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानसेनापति राजेन्द्र क्षेत्रीलगायतका सैनिकअधिकारीहरुले स्वागत गरेका थिए । सो कार्यक्रममा रक्षामन्त्री बालकृष्ण खाँडको भने उपस्थिति थियो । हरेक वर्ष चैत्र कुष्ण चतुर्दशीमा मनाइने घोडेजात्रामा नेपाली सेनाले घोडादौड, अश्वकलालगायत प्रदर्शन गर्नेगर्छ । यो समाचार राजधानी दैनिकमा प्रकाशन भएको छ ।

  • १५ चैत्र २०७३, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !