कालंगा नदीको कटानको कारण स्कुल भवन खतरामा

आजभोलि

कृष्ण गुर्धामी, बझाङ्ग ।  केदार स्यु गाउँपालिकाको पाउटास्थित रत्न माविका ४ वटा भवन नदी कटानका कारण सामान्य बाढी आउँदा मै बग्ने अवस्था पुगेका छन्। झन्डै ६ सय विद्यार्थी अध्ययनरत उक्त विद्यालयको कम्पाउन्डसँगै जोडिएको बाटो कालंगा नदी कटानका कारण बगिसकेको छ। भवनको जगनजिकै कटान हुँदा विद्यालय नै बग्ने भयले स्थानीयलाई चिन्तित बनाएको हो।

कम्पाउन्डमा जोडिएको बाटो बगाएर नदी स्कुलनजिकै पुगेको छ। कुनै पनि बेला विद्यालय बगाउँछ,’ शिक्षक तारादत्त पन्तले भने, ‘गएको साउन भदौमा नै बग्छ जस्तो लागेको थियो। भाग्यले जोगियो। यो वर्ष पनि नदी नियन्त्रणका लागि प्रयास गरिएन भने कुनै हालतमा बच्दैन। यत्रो विद्यार्थीलाई कहाँ राखेर पढाउनेरु चिन्ता लाग्न थालेको छ।’ नदी नियन्त्रणका लागि कसैले सहयोग नगर्दा झन्डै १ करोडभन्दा बढीको विद्यालय संरचना खोलासँगै बग्ने अवस्थामा पुगेको उनको भनाइ छ।

गत साउनमा आएको बाढीले विद्यालय भवननजिकै कटान थालेपछि महत्त्वपूर्ण कागजपत्र गाउँमा सारेर बन्द गर्नुपरेको थियो, रत्न माविका लेखापाल रघुवीर बोहराले भने, ‘स्कुलको जगमै नदीले हान्न थाल्यो। अब बग्छ भन्ने डरले कागजात सारेर केही दिन विद्यालय नै बन्द गर्यौं।’ कालंगा नदी विद्यालयतिर सोझिएपछि ४ वर्षदेखि डरैडरले पढाउनुपरेको छ। यही कारण कतिपय अभिभावकले विद्यार्थीलाई स्कुल नै पठाउनै छाडेको उनले बताए।

विद्यालय जोखिममा रहेको कुरा जिल्ला शिक्षादेखि मन्त्रालयसम्म जानकारी गराइसके पनि यसलाई बचाउन कसैले सहयोग नगरेको प्रधानाध्यापक वीरभद्र विष्ट बताउँछन्। ‘चार वर्षदेखि विद्यालय बचाई दिनुपर्यो भनेर धेरै ठाउँमा हारगुहार गरिरहेका छौं,’ उनले भने, ‘प्रमुख जिल्ला अधिकारी, शिक्षा अधिकारीसमेत आएर अवलोकन गरेर गए। तर नियन्त्रणका लागि कतैबाट पहल भएको छैन।

  • २१ चैत्र २०७३, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !