मुख्य शहरमा नै महिला मतदाताको संख्या कम

आजभोलि

काठमाडौं ।  नेपालको पछिल्लो जनगणना अनुसार महिलाको जनसङ्ख्या ५१.५० प्रतिशत रहे पनि मतदाता सङ्ख्या ४९.५५ प्रतिशत अर्थात् करिब दुई प्रतिशतले कमी देखिएको छ ।  निर्वाचन आयोगले नजिकिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सार्वजनिक गरेको मतदाता नामावलीका अनुसार कुल एक करोड ४० लाख ५४ हजार ४८२ जना मतदातामध्ये ६९ लाख, ४८ हजार ६२५ महिला छन् ।

पुरुष मतदाता ९५०.४४ प्रतिशत अर्थात् ७० लाख ६९ हजार ७१४ रहेको आयोगले जनाएको छ ।  जसअनुसार महिलाको भन्दा पुरुष मतदाताको सङ्ख्या एक लाख पाँच हजार ८९ बढी देखिन्छ ।  आयोगका अनुसार यस पटक १४३ जना तेस्रो लिङ्गीले पनि मतदान गर्ने छन् ।

संविधानसभा निर्वाचन २०७० मा महिला मतदाताको सङ्ख्या बढी थियो ।  कुल मतदाता एक करोड २१ लाख ४७ हजार ८६५ जना रहेकोमा महिला मतदाता सङ्ख्या ६१ लाख ६६ हजार ८२९ ९५०।७६ प्रतिशत० थियो ।  पुरुषको ९४९.३३ प्रतिशत० र तेस्रो लिङ्गीको सङ्ख्या १५५ थियो ।
निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले जनसङ्ख्यामै बढी भएका महिलाको मतदातामा सङ्ख्या कमी हुनुको प्रमुख कारण मतदाता नामावली अद्यावधिकका क्रममा भएको कमजोरी हो भन्नुभयो ।

यस पटकको निर्वाचनका लागि मतदाता अद्यावधिक गर्दा महिलाले सूचना नपाएर वा पाएर पनि पायक पर्ने ठाउँ नभएका कारण पनि महिला त्यहाँ ठाउँसम्म पुग्न नसकेकाले कम सङ्ख्या भएको हो, जनसङ्ख्या हिसाबले बढी र त्यसमा पनि अधिकांश पुरुष विदेशमा रहेको अवस्थामा महिला मतदाताको सङ्ख्या कसरी कमी भयो उहाँले प्रति प्रश्न गर्नुभयो ।

यता महिला अधिकारकर्मीहरू सङ्ख्यात्मक रूपमा महिलाको जनसङ्ख्या धेरै भए पनि महिलाको नागरिकता नबन्नु र मतदातासम्बन्धी शिक्षा नहुनुले पनि महिलाको मतदाता नामावलीमा नाम दर्ता हुन नसकेको बताउँछन् ।

निर्वाचन आयोगले सार्वजानिक गरेको तथ्याङ्कअनुसार ठूलो सङ्ख्यामा रहेका महिला मतदाता छुटेको भन्दै महिला अधिकारकर्मी शारदा पोखरेलले मतदाता नामावली सङ्कलन गर्ने क्रममा सङ्कलनकर्ताले महिला मतदातालाई सही सूचना दिन नसकेकाले यो सङ्ख्या घटेको बताउनुभयो ।

आयोगले सार्वजानिक गरेको तथ्याङ्कअनुसार मोरङ, सुनसरी, खोटाङ, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, रौतहट, बारा, पर्सा, बाँके, जाजरकोट, हुम्ला, कालीकोट, जुम्ला, मुगुलगायत जिल्लामा महिला मतदाताको सङ्ख्या कम देखिएको छ ।
यस्तै, काठमाडौँ, धनकुटा, तेह्रथुम, पाँचथर, झापा, दैलेख, नवलपरासी, म्याग्दी, वाग्लुङ, पर्वत, रूकुम, रोल्पा, प्युठान, दाङ, डोल्पा, कालिकोट, सुर्खेत, अछाम, डोटी, डडेलधुरा, बझाङ, कैलाली, कञ्चनपुर जिल्लामा महिला मतदाताको सङ्ख्या बढी देखिएको छ ।  माथिको तथ्याङ्क हेर्दा तराई र दुर्गम पहाडी क्षेत्रका महिलाको मतदाताको सङ्ख्या कम देखिएको छ ।

  • २३ चैत्र २०७३, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !