अवहेलनाको मुद्दामा कारबाही नगर्नुको कारण पेश गर्न देउवालाई आदेश

आजभोलि

अवहेलनाको मुद्दामा कारबाही नगर्नुको कारण पेश गर्न देउवालाई आदेश

काठमाडौं। सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अदालतको अवहेलना मुद्दामा कारबाही गर्नु नपर्ने कारण भए लिखित रुपमा दस दिनभित्र पेस गर्न आदेश गरेको छ ।  चैत १५ गते बसेको कंग्रेस केन्द्रीय कार्य समितिको बैठकले निर्णय कार्यकारी अधिकारको हस्तक्षेप भएको निर्णय गरेको थियो । अदालतको आदेशपछि कांग्रेस केन्द्रीय समिति बैठकले फैसला कार्यकारी अधिकारमा हस्तक्षेप भएको निष्कर्ष निकालेको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै दस दिनभित्र लिखित जवाफ पेस गर्न भनेको हो ।

चैत २० गते देउवाविरुद्ध अवहेलना मुद्दा अदालतमा दर्ता भएको थियो । अदालतको फैसलामाथि पार्टी केन्द्रीय समितिबाट लिखित रुपमा आलोचना गरेको भन्दै सभापति देउवाविरुद्ध अवहेलना मुद्दा दर्ता भएको हो । फैसलामा चित्त नबुझे न्यायिक प्रक्रिया अवलम्बन गर्न सकिने व्यवस्थाविपरीत राजनीतिक निर्णय गरेको भन्दै अधिवक्ता हरिप्रसाद मैनालीले सर्वोच्चमा अवहेलना मुद्दा दर्ता गर्नुभएको थियो । अवहेलना ठहर भएमा सभापति देउवालाई बढीमा दस हजार रुपियाँसम्म जरिवाना र एक वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ ।  
अदालतको फैसलामा चित्त नबुझे न्यायिक पुनरावलोकनको बाटो अपनाउनुपर्नेमा राजनीतिक रुपमा निर्णय गर्नु अदालतको अवहेलना हुने निवेदकको दावी छ । अदालत र न्यायाधीश स्वेच्छाचारी भएमा संसद्मा महाभियोगको विकल्प समेत खुला रहेको अवस्थामा आफु अनुकुल फैसला नहुँदा पार्टी केन्द्रीय कमिटीमा निर्णय गराउनु गलत परम्पार भएको जिकिर निवेदकको  छ ।

नेपाल प्रहरीको आइजिपी सिफारिस प्रकरणमा अदालतले सरकारको निर्णय बदर गरेको थियो । चैत ८ गते अदालतले डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने गरी फागुन १ गते गरेको सिफारिस बदर गरेको थियो ।

  • २४ चैत्र २०७३, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या