७७ हजार भूकम्प पीडितले लालपूर्जा नहुँदा अनुदान पाएनन्ः कानुनी प्रकृया नै झनझटिलो

आजभोलि

काठमाडौं।  भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका ७७ हजार ७८१ भूकम्पपीडित लाभग्राहीको सूचीमा परे पनि लालपुर्जा र जग्गासम्बन्धी प्रमाण नभएका कारण अनुदान रकम पाउनबाट वञ्चित भएका छन् ।  पीडितलाई दिने अनुदानको आधार लालपूर्जा मानेकोले पीडितले अनुदान पाउन नसकेको जनाइएको हो ।

भूकम्पपीडितसँग लालपुर्जा नभएका कारण अनुदान सम्झौता हुन नसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जानकारी दिएको छ ।  जग्गासम्बन्धी प्रमाणको अभावले अनुदान सम्झौता हुन नसकेका त्यस्ता लाभग्राहीका लागि पनि छिट्टै आवश्यक व्यवस्था मिलाइने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा। गोविन्दराज पोखरेलले बताए ।   

मङ्गलबार बसेको कार्यकारी समितिको बैठकले लालपुर्जालगायत जग्गासम्बन्धी प्रमाणको अभावमा अनुदान सम्झौता हुन नसकेका लाभग्राहीको तथ्याङ्क यकिन गरेर के कस्तो नीतिगत व्यवस्था गर्न सकिन्छ भन्ने सुझाव दिन कार्यकारी समिति सदस्य धुव्रप्रसाद शर्माको संयोजकत्वमा समिति गठन गरेको छ ।  समितिले एक साताभित्र कार्यकारी समितिलाई सुझावसहितको प्रतिवेदन पेस गर्ने प्राधिकरणले जानकारी दिएको छ ।  

भूकम्पका कारण कम प्रभावित १७ जिल्लामा प्राधिकरणले दोस्रो चरणमा ४४ हजार ४४३ घरधुरीलाई लाभग्राहीको सूचीमा राखेको छ ।  यसअघि पहिलो चरणमा १५ हजार ७४३ जना लाभग्राही सूचीमा समावेश भइसकेका छन् ।  

लाभग्राही सूचीमा परेकालाई निजी आवास पुनःनिर्माणका लागि प्राधिकरणले आवश्यक प्रक्रिया र मापदण्ड पु¥याएर तीन लाख रुपियाँ प्रदान गर्नेछ ।

  • २४ चैत्र २०७३, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या