लायन्स क्लब न्यु इंग्ल्याण्डको नयाँ नेतृत्वमा थापा

आजभोलि

बोस्टन । हिमालय लायन्स क्लब न्यु इंगल्याण्ड नयाँ कार्य समितिमा राम थापा निर्वाचित भएका छन् । थापाको कार्यकाल २ वर्षको रहने छ ।

हिमायलय वित्रोमा भएको क्लबको ७ औं ‘चार्टर नाइट’ (स्थापना दिवस) को अवसरमा नयाँ निर्वाचित कार्यसिमितको नामावली पूर्व प्रेसिडेन्ट तथा निर्बाचन आयुक्त बिष्णु कार्कीले पढेर सुनाएका थिए । कार्यक्रममा इन्टरन्याशनल डिस्ट्रिक्ट ३३ केका पदाधिकारीहरु र बोस्टन क्षेत्रका सामाजिक व्यक्तित्वको सहभागिता थियो ।

क्लबका चार्टर प्रेसिडेन्ट महेश्वर पन्तले संचालन गरेको कार्यक्रममा नबनिर्बाचित प्रेसिडेन्ट थापालगायतका पदाधिकारीहरूलाई डिस्ट्रिक्ट ३३केका गर्भनर एन्डी पोर्टर ले पदस्थापन र सपथ ग्रहण गराएको जानकारी क्लबका कोषाध्क्ष तथा सचिव थानिरत्न कंडेले जानकारी दिए ।

क्लबको २०१७-२०१९ का लागि फर्स्ट भाइस प्रेसिडेन्टमा पेशल रेग्मी, सेकेन्ड भाइस प्रेसिडेन्ट सन्तोष सुबेदी र थर्ड भाइस प्रेसिडेन्टमा गोबर्धन पूजा, कोषाध्क्ष तथा सचिवमा थानीरत्न कंडेल, मेम्बर सेक्रेटरी ज्ञानप्रकाश शर्मा, टेल ट्वीस्टरमा दिनेश पाण्डे र ट्यामरमा राम धिताल निर्वाचित भएको जानकारी नवनिर्वाचित कोषाध्क्ष तथा सचिव कंडेलले जानकारी दिए ।

२००९ मा स्थापना भएर २०१० मा चार्टर भएको हिमालयन लाइन्स क्लबले नियमित रुपमा निशुल्क आँखा शिबिर, रक्तदान कार्यक्रम गर्दै आएको छ  । क्लबले नेपालका विभिन्न विधालयमा अािर्थक सहयोग समेत प्रदान गर्दै अाएको कंडेलले बताए । उनका अनुसार क्लबले नेपालमा एक विधालयमा पुस्तकालय भवन बनाउनुका साथै हरेक वर्ष आर्थिक रुपमा कम्जोर विधालय तथा गरिब विद्यार्थीको सहयोगार्थ १५ सय डलर पठाउदै आएको छ l

  • २४ चैत्र २०७३, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !