स्वरूपराज आचार्यको ‘यो साँझ एक्लै छोडिदेउ ‘ गीतको  म्युजिक भिडियो सार्बजनिक

आजभोलि

स्कटल्याण्ड, युके । सोहन घिमिरेको शब्द तथा संगीतमा चर्चित गायक स्वरूपराज आचार्यको  ” यो साँझ एक्लै छोडिदेउ  मलाई ” बोलको गीत  म्युजिक भिडियो  सहित  सार्बजनिक  भएको छ । यो गीत आफुले निकै मन पराएको र  लोकप्रिय गीत हरुको सुचिमा  पर्न सक्ने सम्भावना रहेको गायक  स्वरूपराज आचार्यले बताएका छन् । गीतमा गायक स्वरूपले साँझ एक्लै छोड्न आग्रह गर्दै चरा र बादलसंग  रम्न दिन  आग्रह गरेका छन् ।  स्कटल्याण्डको मनोरम स्थानहरुमा सुटिङ्ग गरिएको  म्युजिक भिडियोमा नबिन क्षेत्री र बिना  राईको अभिनय रहेको छ भने  संगीत संयोजन सन्जीब  बराइलीको रहेको छ।   म्युजिक भिडियो निर्देशन दिपेश रेग्मीको रहेको छ।  म्युजिक नेपालको युट्युब च्यानलबाट रिलिज गरिएको म्युजिक भिडियो हेर्न सकिन्छ।

सोहन घिमिरेको संगीत, शब्द र गायन रहेको  एल्बम  निस्कने तयारीमा रहको छ । यस अघि सोहन घिमिरेले आफ्नै शब्द र हिमाल सागरको संगीतमा ” तीनजुरेको डाँडैमा ” बोलको लोकगीतमा स्वर दिएका छन्। उक्त गीत सांस्कृतिक कार्यक्रमहरुमा  समेत  नाँचको रुपमा प्रयोग हुन थालेको छ ।  यस्तै “लन्डन आईमा सेल्फी” र अन्य केहि लोकपप गीत हरुमा काम भइरहेको र अन्य गीतहरु छिटै  रिलिज हुने तयारीमा छन् । लोकगायक रामचन्द्र काफ्लेको संगीतमा “छेक्यो नि छेक्यो नि” बोलको गीतको रेकर्डिङ्ग सकिएको घिमिरेले बताएका छन् । नेपाली लोकप्रिय बाजाहरु बियानो , मुर्चुङ्गा आदिको प्रबर्धन लागेका सोहन घिमिरेले  लोक भाका र नेपाली बाजाहरु नेपालीको गौरव  र चिनारी भएकोले नयाँ  पुस्तालाई यसको जानकारी र प्रयोगबारे कार्यहरु अघि बढाउँन लागेको  बताएका छन् । 

  • २४ चैत्र २०७३, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !