किर्ते मुद्दामा यादव पक्राउ

आजभोलि

किर्ते मुद्दामा यादव पक्राउ

रौतहट । तत्कालीन गाविस पतौराका सचिव शिवपुजन राय यादवलाई प्रहरीले किर्ते मुद्दामा पक्राउ गरेको छ । गाविस पतौरामा सचिव रहेको वेलामा निर्णय पुस्तिकामा अहेव सुरेन्द्र साहको सही नक्कली गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

२०७० साल पुष २५ गतेका दिन निर्णय पुस्तिकामा अहेव साहको सही सचिव यादवले गरी आर्थिक प्रलोभनमा पतौरा २ का सुनिल यादवलाई कार्यालय सहयोगी पदमा नियुतm गरेको भनी गाविस पतौरा १ का जोखु सहनीले अख्तियार दुरुपयोग अनुसंन्धानमा उजुरी दिएको थियो । २०७१ साल मंसिर ४ गतेका दिन उजुरी परी अनुसंन्धानको क्रममा आज जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरीले पक्राउ गरेको प्रहरी उपरिक्षक यज्ञ विनोद पोखरेलले बताए ।

गाउँ परिषदमा कार्यालय सहयोगीलाई भर्ना गर्ने कुनै छलफल नभए तापनि सचिव यादवले निर्णयको पुछारमा ठाउँ छाडी पछि  कार्यालय सहयोगीलाई भर्ना गर्ने निर्णय लेखिएको थियो । हाल शिवपुजन राय यादव गाविस वन्जरहामा कार्यरत रहेको जिल्ला समन्वय समिति रौतहटका सुचना अधिकृत सुभाष ठाकुरले बताए ।

  • २८ चैत्र २०७३, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !