सुदूरबाट जाग्यो कांग्रेसः उखान टुक्काले देश चल्दैन – देउवा

आजभोलि

काठमाठौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सुदूर पश्चिमबाट आफ्नो चुनावी अभियान थालनी गरेको छ । कैलालीको अत्तरीयामा आयोजित विशाल आमसभामा हजारौंको संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । चर्को घाममा पनि केन्द्रीय नेताको भाषण सुन्नका लागि हजारौंको संख्यामा कांग्रेसको झण्डा फहराउँदै दिनभरी बसेका थिए । उक्त सभालाई नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला लगायतका केन्द्रीय नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

आमसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् । उनले जित्नेलाई टिकट दिने र सबैको उचित सम्मान गरिने पनि बताए । एक फरक प्रशंगमा उनले एमाले अध्यक्ष केपी शार्मा ओलीप्रति लक्षित गर्दै भने उखान टुक्काले देश चल्ने भए सबै कालकारहरुले देश हाक्थे भने । देश सहमति र सबैको सहभागितामा चल्छ ।

सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस निर्वाचनमा पहिलो पार्टी बन्नेछ । यसका लागि सबैले आफ्नो आफ्नो स्वार्थ त्याग्नु पर्ने बताए । स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक रहेका पौडेले कांग्रेसले मात्र देशको समस्या समाधान गर्न सक्ने भएकाले कांग्रेसलाई साथनीय तहको निर्वाचनका जिताउन आग्रह गर्नु भएको थियो ।

कांग्रेसका महामन्त्री सशांक कोइरालाले कांग्रेसलाई जिताउनका लागि सबैको सहभागिता आवश्यक भएकाले सबैले स्वार्थ त्यागेर कांग्रेसको झण्डामुनि आएर काम गर्न आग्रह गर्नु भयो ।

भौतिक योजना मन्त्री तथा प्रचार प्रसार समितिका संयोजक रमेश लेखकले सुदूर पश्चिम कांग्रेसको पकड भएकाले अधिकांश स्थानीय तहमा कांग्रेसले जित्ने दाबी गरे । हामी यहाँ धेरै बलियो छौ । यसकारण हाम्रो जित सुनिश्चित छ, लेखकले भने ।

उक्त आमसभामा नेता कृष्ण सिटौला, एन पी साउद लगायतका नेताहरुले सम्बोधन गरको थिए ।

 

  • २८ चैत्र २०७३, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !