अन्ततः प्रहरी महानिरिक्षकमा अर्याल

आजभोलि

काठमाडौं । नेपाल सरकारले नेपाल प्रहरीको महानिरिक्षकमा  प्रकाश अर्याललाई प्रहरी नियुक्त गरेको छ । उनी नेपाल प्रहरीका डीआईजी हुन् । यस अघि नेपाल सरकारले जय बहादुर चन्दलाई नियुक्ति गरेको थियो । सर्वोच्चको आदेशपछि सरकारले आइजीपीमा नयाँ नियुक्ति गरेको हो ।

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो ।

सर्वोच्चले गत चैत ८ गते सरकारी निर्णय उल्ट्याउँदै कार्यसम्पादन मूल्यांकन र वरिष्ठताको आधारमा प्रहरी महानिरीक्ष नियुक्त गर्न आदेश दिएको थियो । सर्वोच्चले कार्यसम्पादन मूल्यांकनमा डीआईजी नवराज सिलवाल अगाडि रहेको तथ्य दिएको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले चारजना डीआईजीको कार्यसम्पादन मूल्यांकनको अंक अध्ययन गर्न भन्दै गृहसचिवको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको थियो । उक्त समितिको सिफारिसमा अर्याललाई आइजीपीमा नियुक्ति गरेको छ ।

  • २८ चैत्र २०७३, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !