ललितपुरमा कांग्रेस प्रवेशमा लहर आयोः दर्जनौले गरे प्रवेश

आजभोलि

ललितपुरमा कांग्रेस प्रवेशमा लहर आयोः दर्जनौले गरे प्रवेश

ललितपुर । स्थानीय तहको निर्वाचनको मुखैमा आएर ललितपुरमा नेपाली कांग्रेसमा प्रवेश गर्नेको लर्को लागेको छ । नेकपा एमाले। माओवादी केन्द्र तथा अन्य पार्टी जिल्ला स्तरीय नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुले नेपाली कांग्रेसले मात्र जिल्लाको विकास गर्न सक्ने भन्दै पार्टीको सदस्यता लिएको बताएका छन् ।

ललितपुरमा पुष्परत्न शाक्यको नेतृत्वमा ५० जना भन्दा बढि व्यक्तित्व नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस ललितपुरका सभापति एवम् सांसद मदनबहादुर अमात्यले उनीहरुलाइ नेपाली काँग्रेसमा प्रवेश गराएका हुन् । पार्टीमा प्रवेश गर्नेहरुलाइ सम्वोधन गर्दै सभापति अमात्यले कम्युनिस्ट विचारले मुलुकलाई समृद्धि तर्फ उन्मुख गराउन नसक्ने उल्लेख गर्दै पार्टीमा सबैलाइ खुला हृदयले स्वागत तत्पर रहेको वताए ।

पुष्परत्न शाक्यले नेपाली काँग्रेस नै राष्ट्रको अग्रणी पार्टी भएको र नेपाली काँग्रेसको अग्रसरतामा मात्रै मुलुक समृद्ध नेपाल बन्न सक्ने भएकाले आफूहरु पार्टीमा समाहित हुन चाहेको वताए । नेपाली काँग्रेस ललितपुर महानगरपालिका वडा नं ५ का सभापति सानुलाल श्रेष्ठले उहाँहरुको सक्रियताले नेपाली काँग्रेसलाई अझ सशक्त वनाउन सहज हुने वताए ।

  • २९ चैत्र २०७३, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !