नयाँ इतिहास रच्दै राणा महासंघको १८औँ अध्यक्षमा निर्वाचित

आजभोलि

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको ५१औँ वार्षिक साधारणसभाबाट भवानी राणा इतिहास रच्दै पहिलो महिला अध्यक्षमा चुनिएका छन् । उनी पहिलो महिला अध्यक्ष बनेर इतिहास रचेको छ । निकै प्रभावशाली युवा उद्यमी राणा निर्वाचित भएसँगै निजी व्यवसायमा आशा पलाएको छ ।

महासङ्घको विधानको छैटौँ संशोधनबाट महासङ्घका वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ । उहाँ रोलक्रममा महासङ्घको १८औँ अध्यक्ष हुनुहुन्छ । महासङ्घको ५१औँ वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष भवानी राणा महासङ्घको नयाँ अध्यक्षमा चुनिनुभएको हो ।

पर्यटन व्यवसायसँग सम्बद्ध राणाले बाँकेमा स्नेहा ग्रुप प्रालिको व्यवस्थापन निर्देशकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । साथै उहाँ स्नेहा कल्चरल इन्टरटेनमेन्ट प्रालिका निर्देशक, स्नेहा बिएण्डएस कोलाब्रेसन प्रालिका व्यवस्थापन निर्देशक, सार्क चेम्बर क्राफ्ट भिलेजका प्रवद्र्धक, पद्य क्रियशन प्रालिका निर्देशक र बागेश्वरी विकास बैंकका प्रवद्र्धक हुन् ।
सेन्ट मेरिज स्कुलबाट विद्यालय शिक्षा लिनुभएका अध्यक्ष राणा उच्च शिक्षा भारतको लखनउ विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर हुनुहुन्छ । उहाँ राणा प्रधानमन्त्रीको अध्यक्षतामा गठित लगानी बोर्डका सदस्य एवम् महिला उद्यमी महासङ्घ नेपालका अध्यक्षसमेत हुन ।

महासङ्घको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा, उपाध्यक्षहरु उद्योग वाणिज्य समूहमा प्रमोद श्रेष्ठ, वस्तुगत समूहमा उमेशलाल श्रेष्ठ, एसोसिएट सदस्य समूहमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् ।

कार्यकारिणी समिति सदस्यमा उद्योग वाणिज्य समूहतर्फ उमेश डालमिया, सुरजकृष्ण वैद्य, राजन श्रेष्ठ, मनिषलाल प्रधान, कृष्णप्रसाद शर्मा, कृष्णप्रसाद श्रेष्ठ, दीपक लम्साल, ध्रुवराज श्रेष्ठ ९भारी०, राजेन्द्रकुमार श्रेष्ठ, दिलसुन्दर श्रेष्ठ, निरक केसी, किशोरकुमार आचार्य र सुरेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् ।

चन्द्रकान्त अधिकारी, राजकुमार न्यौपाने, कल्याण जोशी, देवकुमार श्रेष्ठ, सुदर्शन कार्की, सुशीला सापकोटा, पशुपतिबहादुर खड्का, गजेन्द्रकुमार भगत, नरवीर रावत, लोकविक्रम थापा, निर्मलकुमार चौधरी, मनोजकुमार मुन्धडा, दिपेन्द्रकुमार खत्री र भुवनलाल श्रेष्ठ पनि कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन् ।

त्यस्तै, कार्यकारिणी समिति सदस्यमा निर्वाचन क्षेत्र प्रदेश नं १ बाट रोहितप्रसाद प्रसार्इं, प्रदेश नं २ बाट गणेशप्रसाद लाठ, प्रदेश नं ३ बाट कमलकुमार श्रेष्ठ, प्रदेश नं ४ बाट निर्माणकुमार श्रेष्ठ, प्रदेश नं ५ बाट भीमबहादुर थापा, प्रदेश नं ६ लङ्कमान रोका र प्रदेश नं ७ बाट प्रकाशबहादुर साउद निर्वाचित भए ।

वस्तुगत सङ्घतर्फ २७, एसोसिएटतर्फ २२ र द्विराष्ट्रिय उवासङ्घतर्फ एक स्थानमा अजय मुडभरी निर्वाचित हुनुभएको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

  • ३० चैत्र २०७३, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !