नयाँ वर्ष-२०७४, ‘म स्वस्थ, मेरो देश स्वस्थ’

आजभोलि

काठमाडौं । नयाँ वर्ष २०७४ को उपलक्ष्यमा नेपाल सरकारले अभियानका रुपमा सर्वसाधारणलाई स्वास्थ्यप्रति सजग रहन म रक्सी, चुरोट सुर्तीजन्य पदार्थ खान्न, म नियमित व्यायाम गर्छु, म स्वस्थ पोषिलो, खाना खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु तथा म र मेरो परिवार समुदायको स्वास्थ्यप्रति सजग रहन्छौँ भन्ने पाँच प्रतिबद्धता गरी पालना गर्न आग्रह गरेको छ ।

मन्त्री गगन कुमार थापाले भने  “अहिले जीवनशैलीमा आधारित रोगको उच्च प्रकोप, समयमै रोगको पहिचान र रोकथाम हुन नसक्दा परिवार र राष्ट्रका लागि हेरचाह र उपचारको खर्चको भारमा वृद्धि, अकाल मृत्यु र अपाङ्गताको वृद्धि भइरहेकाले जीवनशैलीमा सामान्य परिवर्तनबाट यो अवस्थालाई आफैँले रोक्न र घटाउन सकिन्छ । यसका लागि अभियानकै रुपमा सरकारसँगै जनतालाई पनि थप जिम्मेवार बनाउन यो अभियान ल्याइएको हो ।”

उहाँले देशमा १८।५ प्रतिशत जनसङ्ख्याले धुम्रपान गर्ने, दक्षिण एसियामै धेरै १५ प्रतिशत नेपाली महिलाले धुम्रपान गर्ने, १७ प्रतिशत जनसङ्ख्याले मद्यपान गर्ने, १८ प्रतिशतमा मोटोपना, चार प्रतिशतमा अति मोटोपनाले शारीरिक मात्र नभई मानसिक समस्या पनि बढाएको बताए ।

ग्रामीण भेगमा ७४ प्रतिशतमा घर परिवारमा दाउरा, गुइँठा आदिको प्रयोग गर्दा निस्कने धुवाँ र सहरी क्षेत्रमा घर बाहिरको वायु प्रदूषणका कारणले जनस्वास्थ्य गम्भीर असर पारिरहेको मन्त्रालयको तथ्याङ्क छ । म स्वस्थ, मेरो देश स्वस्थ अभियान वर्षभरी चल्ने जनाइएको छ । वर्षभरि सञ्चालन हुने अन्य कार्यक्रमसँगै यो अभियानलाई जोडेर स्थानीय तहसम्म लगिनेछ ।

  • १ बैशाख २०७४, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या