विद्यालयमा किशोरीलाई सेनेटरी प्याड

आजभोलि

शर्मिला डिसी घोराही घोराही नगरपालिका स्थित बालविकास माध्यमिक विद्यालयले किशोरीहरूलाई विद्यालयमा नै सेनेटरी प्याडको व्यबस्था गरेपछि किशोरीहरूको विद्यालय छाड्ने क्रम रोकिएको दाङ जिल्लाका जिल्ला शिक्षा अधिकारी रमेश मैनालीकाअनुसार बाल विकास माविसँगै जिल्लाका सबै सामुदायिक विद्यालयमा यो अभ्यास सुरुवात गरिएको यस्तो सुरुवातले सकारात्मक प्रभाव परेको उनले बताए सेनेटरी प्याड विद्यालयमा नै उपलव्ध हुन थालेपछि विद्यालयमा छात्राहरूको उपस्थिति राम्रो रहेको उनले भने

सेनटरी प्याड व्यबस्था भएका विद्यालयमा अध्ययनरत छात्राहरू विद्यालयमा नै महिनावारी भएमा धक नमानीकन विद्यालय प्रशासनमा गएर प्याड माग्छन् यसको प्रयोग गर्ने गर्दछन् बालबिकास माविकी लेखापाल चाँदनी हमालले भनिन् – ‘महिनावारी महिलाको प्राकृतिक कुरा हो, प्याड माग्नका लागि छात्राहरू कुनै संकोच मान्दैनन् हमालकाअनुसार प्याड फेर्नको लागि पनि विद्यालयमा बेग्लै कोठाको व्यबस्था गरिएको

विगत दुई वर्षदेखि विद्यालयमा छात्रालाई महिनावारी हुँदा प्याड दिने व्यवस्था गरिएको हो हमालले भनिन्, ‘त्यसअघि यस्ता कुरा थाहै पाईदैनथ्यो कसलाई कतिबेला महिनावारी भयो भनेर सोध्ने कुरा पनि हुदैन थियो महिनावारीलाई समाजमा एउटा लाजको विषय मानेका कारण पनि महिलाले बिभेद व्यहोर्नु परेको हो तर यस विद्यालय सेवा क्षेत्रभित्र धेरै सहज भएको छात्राहरूमा १३ वर्षको उमेरदेखि महिनावारी शुरु हुन्छ महिनावारी भएको समयमा कसैलाई लामो समयसम्म पेट दुख्ने हुँदा आरामको जरुरी हुन्छ  

विद्यालयमा सेनेटरी प्याडको व्यबस्था नहुँदा हरेक महिना कम्तीमा देखि दिन छात्राहरू अनुपस्थित हुने गर्दथे बाल विकास माविका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठले भने– ‘विद्यालयका तर्फबाट अध्ययन गर्दा महिनावारीका कारण छात्राहरूको कक्षा कोठामा अनुपस्थित रहेको पुष्टि भएपछि यो व्यबस्था गरिएको हो अहिले कक्षामा छात्रा अनुपस्थित हुने क्रम रोकिएको

छात्राहरूको कक्षा निरन्तरता नभएपछि पढाइमा कमजोर हुने यसको परिणाम बालबिबाहमा रुपान्तरण हुने समस्या थियो सोही विद्यालयकी शिक्षिका बिमला थापाले थपिन्

घोराही नगरपालिकामा मंसीरको अन्तिम साता सम्पन्न नगरस्तरीय बाल भेलाले सबै सामुदायिक विद्यालयमा सेनटरी प्याडको व्यबस्था गर्न माग गरेका थिए घोराही नगरपालिकाका बालमैत्री स्थानीय शासन सम्पर्क व्यक्ति स्मृती भण्डारीकाअनुसार बाल भेलाले उठाएका यी सवाललाई नगरपालिकाले गम्भीरतापूर्बक हेरेको अन्य सरोकारवालाले पनि बालबालिकाको आवाजको कदर गर्ने क्रममा यो व्यबस्था भएको हो हामीले केही भन्न पर्दैन, बालबालिका आफै उनीहरूका सवालमा सक्रिय हुन्छन् भण्डारीले थपिन् घोराही नगरपालिकामा विद्यालय स्तरीय २३ समुदाय स्तरमा १८९ बालक्लव छन् विद्यालय, समाज स्थानीय तहमा उनीहरूले निरन्तर खबरदारी गर्छन् विद्यालयमा बालक्लबकै कारण सेनेटरी प्याड लगायतको व्यबस्था हुन सकेको हो

बाल विकास माध्यामिक विद्यालयकी बाल क्लबकी अध्यक्ष पूर्णीमा पुनले पनि बाल क्लबका कारण बाल अधिकार स्थापित भएको दाबी गरिन् पहिलेको तुलनामा अहिले धेरै सहज भएको पहिले विद्यालयमा सरसफाई सामाग्री, प्याड, तथा चेन्जीङ रुम  थिएन यसबाट खास गरेर किशोरीहरूमा विद्यालय छोड्नुपर्ने वाध्यता थियो अहिले त्यो समस्या टरेर गएको उनको थप भनाई थियो– ‘महिनावारी सबै किशोरीहरूमा हुन्छ यो समस्या नभएर प्राकृतिक कुरा हो हाम्रो समस्यालाई विद्यालयका शिक्षक, शिक्षिका अभिभावकहरूले बुझ्नु भएको ’ 

महिनावारी हुने समय थाहा हुँदैन, पहिले विद्यालयमा प्याडको व्यवस्था नहँुदा कहिले विद्यालय जाने क्रममा बाटोमै महिनावारी हुन्थ्यो, त्यो बेला छात्राहरू विद्यालय नगएर घर फर्किन्थे शिक्षक शिक्षिकाहरू लाई भन्न पनि सकिदैन थियो यस कारण पढाई प्रभावित हुन्थ्यो सजाय समेत भोग्नु पथ्र्यो पुनले भनिन्–‘अहिले विद्यालयमा प्याडको व्यवस्था भएदेखि लगायत मेरा साथीहरूलाई धेरै सहज भएको सर म्यामहरूलाई आफ्ना सबै समस्या खुलेरै भन्छौ केही अप्ठयारो लाग्दैन

पछिल्लो समयमा बाल विकास मावि मात्र होइन दाङका अधिकांश सामुदायिक तथा निजी विद्यालयहरूमा यो व्यवस्था गरिएको सेनेटरी प्याड विद्यालयमा उपलव्ध भएपछि छात्राहरूको कक्षा निरन्तरता भएको जिल्ला शिक्षा कार्यालय दाङको ठम्याई जिल्लाका सामुदायिक तथा निजी विद्यालयमा अध्यनरत छात्राहरू महिनावारी भएकै कारण विद्यालय छोड्न बाध्य हुन्थे जिल्ला शिक्षा अधिकारी मैनालीको कथन विद्यालय छोडन् वाध्य भएपछि उनीहरूको पढाई प्रभावित हुने गर्दछ यसबाट अभिभावक शिक्षक शिक्षिकाबाट माया पाउनबाट पनि उनीहरू क्रमशः बन्चित हुँदै जान्छन्

दाङको घोराही नगरपालिकामा बालमैत्री स्थानीय शासन अबलम्बन गरिएपछि विद्यालय तहमा यस प्रकारको सुधार भएको हो विद्यालयमा छात्रामैत्री शौचालय नहुनु, महिनावारी भएको समयमा आवश्यक पर्ने प्याड विद्यालयमा उपलव्ध नहुनु समस्या थिए बालमैत्री स्थानीय शासनका अभियानकर्ता सुशिल बस्नेत भन्छन्– ‘कतिपय कुरा स्थानीय तहमा समाधान हुने कुरालाई पनि निकाश नखोज्ने प्रबृत्ति अव स्थानीय तहमा नै समाधान खोज्ने हाम्रो बानी बस्न सुरु भएको

  • २ बैशाख २०७४, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !