नेपाल चीनबीच पहिलो पटक काठमाडौंमा संयुक्त सैन्य तालिम

आजभोलि

काठमाडौं। काठमाडौंमा पहिलो पटक नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच पहिलो पटक संयुक्त सैन्य तालिम शुरु भएको छ । आइतवारदेखि तालिम शुरु भएको छ । सगरमाथा फ्रेण्डशीप-२०१७ नाम दिइएको उक्त तालिम महाराजगञ्जस्थित सैनिक ब्यारेकमा भइरहेको छ।  

व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी बिनोदकुमार श्रेष्ठले उक्त संयुक्त सैन्य तालिमको शुभारम्भ गर्दै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच हुने यो तालिमले दुवै देशका सेनाको व्यावसायिकता अभिवृद्धि हुने बताए ।  

चिनियाँ जनमुक्ति सेनाकातर्फबाट कर्णेल याङ सुमेङले संयुक्त सैन्य तालिमबाट प्रतिआतङ्कवाद कारबाहीको क्षमतामा अभिवृद्धि हुने र दुई देशको आपसी सम्बन्ध अरु मजबुत हुने बताएका छन् ।  उनले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको महत्वपूर्ण पारस्परिक ऐतिहासिक सम्बन्धलाई अझ उचाई पुर्याउने बताए ।

Photo:© AP Photo/ Xinhua, Li Gang

  • ३ बैशाख २०७४, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !