काभ्रेपलाञ्चोक जिल्लामै धिमालको मेयरमा पहिलो घोषणा

आजभोलि

बनेपा । श्रीकृष्ण धिमालले काभ्रपलाञ्चोक जिल्लामै पहिलो मेयरमा उमेद्वारी घोषणा गरेका छन् ।  नया शक्ति पार्टीले पाँचखाल नगरपालिकाको मेयरमा युवा नेता तथा रामकृष्ण मिसन नेपालको अध्यक्षय श्रीकृष्ण धिमाललाई अगाडि सारेको जनाएको छ ।

धिमाल पाचखाल र काभ्रे जिल्ला बाटै उमेद्वारी घोषणा गर्ने पहिलो बनेका छन् ।  नेपाली कांग्रेस , नेकपा एमाले तथा माओवादि केन्द्रमा विवादका कारण उमेदवारी घोषणा हुन नसकेको बेलामा धिमालको उमेदवारीले काभ्रेमा तहल्का पिटेको छ।

डेढ दशकदेखि माओवादी  राजनीतिमा सकृय धिमाल निक्कै आध्यात्मिक व्यक्ति हुन । उनले आफ्नो विध्यार्थी राजनीति कालमा काभ्रेमा अखील (क्रान्तिकारी) लाई धार्मिक रुपमा परिणत गराउने अभियान संचालन गरेका थिए ।

धिमाल हिन्दू संस्कृति सम्बन्धी ठूलो आध्यात्मिक तथा सामाजिक संस्था रामकृष्ण मिसनको नेपाल अध्यक्षय रहि सकेका धिमालले पाचखाल मै यो सस्थाको शाखा खोलेका छन । साधु सन्तहरुसँग बिशेष सम्बन्ध रहेका धिमाल रामकृष्ण मिसनको अभियान्ता हुन ।

गोरक्षय पिठाधिस तथा उतर प्रदेशका मुख्यमन्त्रि योगि आधित्यनाथ होस वा नेपालका कमलनयनाचार्य मुक्तिनाथ बाबासँग बाक्लो उठबस रहेका धिमालले धर्म कै कारण माओवादी परित्याग गरेका हुन ।

महा भुक्मपको समयमा आफै भारत गयर राहत ल्यायर ९ वटा जिल्लामा वितरण गरेका थिए ।  बिशेष गरेर काभ्रे जिल्लामा फ्यामेलि ब्याकेज सहित सबै भन्दा ठुलो राहत वितरण गरेका धिमाल युवा पुस्तामा निक्कै नै चर्चित मानिन्छन ।

 ऊनले भुक्म्पबाट थलिएका सयौ स्कुलमा टेन्ट, दर्जनौ स्वास्थ्य केन्द्रमा टेन्ट पुरायर स्कुल र स्वास्थ्य केन्द्रलाई सुचारू गराउन ठुलो सहयोग गरेका थिए। सामाजिक काममा  ज्यानै दियर लाग्ने श्रीकृष्ण धिमाल सेवाको कारण नै पाचखालमा चर्चित युवाको नाममा परिचित छन् ।

लामो समय रेडियो पत्रकारितामा बिताएका धिमालले निजामति अस्पताल केहि बर्ष काम गरेका थिए । त्यसलगत्तै लोकसेवामा नाम निकालेका धिमाल अन्तर्वार्ता नदि राजनीति मै होमिएका हुन। हाल ३ वाट कम्पनि खोलेर अन्नलाईन पत्रकारिता चलाईरहेका धिमाल अनलाइन पत्रकार सघका सदस्य समेत हुन।

धार्मिक अभियान्ता समेत रहेका धिमाल आफ्नो धर्म परम्परा र सकृति सरक्षणमा लागेका अभियान्तामा आफ्नो परिचय बनाएका छन।

पाचखालनगरपालिकालाई नेपाल कै पहिलो जैविक नगरपालिका घोषणा गराउदै , सम्मुन्त नगरपालिका बनाउने योजनमा लाग्ने धिमालले जनाएका छन् ।  आध्यात्मिक रुपमा पनि पाचखाल नगरलाई संसार कै आध्यात्म केन्द्र बनाउने, भौतिक र आर्थिक रुपमा उन्नत बनाउने जनाएका छन् ।

  • ६ बैशाख २०७४, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !