म आफैसँग घडी छ, मैले कसैको घडी लिनुपर्ने तथा राख्नुपर्ने अवस्था छैन – रामहरि खतिवडा

आजभोलि

काठमाडौं । प्रबलमान सिंह गुरुङको घडी चोरेको प्रकरणमा  नेपाली कांग्रेस सांसद रामहरि खतिवडाको नाम मुछिएपछि उनीप्रति नराम्रा टिकाटिप्पणी भइरहेका छन् । उनले यस प्रकरणलाई आफूमाथि गरिएको नियोजित षडयन्त्रको रुपमा लिएको जनाएका छन् । आइतवार पत्रकार सम्मेलन गरी उनले यस्तो बयान दिएका छन् ।  

“उपत्यका बन्द भएकाले हिड्न ढिलो भयो त्यसैले राति नौ बजे ओखलढुंगा पुगेँ । त्यहाँबाट भोलीपल्ट रुम्जाटार गएँ । रुम्जाटारबाट फर्किएपछि लुगा लगाउन खोज्दा ट्राउजरमा एउटा घडी फेला पारेँ । त्यो घडी भेटेपछि तुरुन्त मैले प्रबलमान गुरुङलाई ‘प्लीज कल मी’ भनेर म्यासेज गरे ।

पहिला फोन गर्दा अफ भएपछि म्यासेज गरे । तर ‘रिप्लाई’ आएन । भोलीपल्ट बिहान फोन गरेर । घडी म सँग आएछ भनेँ । ‘हराएको भन्ने थियो तपाईंसँग रहेछ ठिकै छ’, भन्नुभयो ।

ठिकै छ भन्नेकुरा भयो । म काठमाडौँ आएपछि भोलीपल्ट बिहान क्लबमै गएँ । ‘यो घडी छुटेको रहेछ,’ भने । क्लबमा नारायण भन्ने साथी हुनुहुन्थ्यो । केही साथीहरुले चर्चा गरेका रहेछन् ।

कुनै साथीले नजानेर वा चरित्र हत्या गर्न राखिदिएको हुन सक्छ । कुनै साथीले आफ्नोमा भनेर मेरोमा राखिदिएको हुनसक्छन् भन्ने कुरा गरेँ । आज बिहान क्लबमा यो विषयमा चर्चा पनि गरेँ ।

म निरन्तर आफ्नो काम गरेको छु । हिजो गरे र भोली पनि गर्छु । मैले कसैको घडी चोर्नुपर्ने, लिनुपर्ने दिनुपर्ने र राख्नुपर्ने छदा पनि छैन । म आफैँ घडी बाँदेर हिँडेको छु । त्यसैले एउटा गलत समाचार सम्प्रेषण भएको छ । चरित्र हत्या गर्ने काममा कोही पनि नलागिदिनुहुन आग्रह गर्दछु ।

होटलमा सिसी क्यामेरा होलान सबै छानबिन हुनुपर्छ । जहाँ पनि ‘मान्य’ ९सांसद० नै चोर जस्तो बनाइएको छ । बाहिर त पकेटमारा पनि मान्य, चोर पनि मान्य बदमास पनि मान्य भन्ने आउन थाल्यो । चरित्र पनि हत्या भयो । हामीलाई पनि यसले नराम्रो बनाएको छ ।

चरित्र हत्या गर्ने किसिमको खबर आएकाले म तपाईंहरु समक्ष जानकारी गराउन आएको हुँ । यस्ता कुराले म विचलित हुन्न तर गलत समाचारप्रति घोर भत्सना गर्दछु । यस्तो काम रामहरि खतिवडाले गरेको होइन र गर्न पनि चाहदैन भन्न चाहन्छु ।

बरु गोली हानेर मारेको भए मरेको मर्यै हुन्थ्यो, यसले सधै मार्ने काम भयो । बारम्बार मार्ने काम भयो । यो घटनाले मलाई बाँचुन्जेल मार्ने काम गरेको छ, म धेरै दुःखी छु ।”

  • २६ पुष २०७३, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !