२१ गतेसम्म संसद् स्थगितः पहिलो चरणको निर्वाचन अन्यौल

आजभोलि

काठमाडौं । संविधान संशोधनको लागि बलोइएको व्यवस्थापिका संसद्को बैठक वैशाख २१ गतेसम्मका लागि स्थगित गरिएको छ ।  आज संविधान संशोधनको प्रक्रिया शुरु गर्ने कार्यसूची रहेको थियो । तर संसदको बैठक विषयवस्तुमा प्रवेश नगरी स्थगित गरिएको छ ।

बैशाख ३१ गते हुने पहिलो निर्वाचन अन्यौलमा परेको छ । १९ गते उम्मेद्वार मनोनयन दर्ता गर्ने मिति बैशाख १९ गते भएपनि अहिलेसम्म पार्टीहरुले उम्मेद्वार छनौट गरेको छैन् । र, निर्वाचन आयोगले पनि प्रभावकारी तयारी गरेको देखिदैन् ।

इतबारको बैठकमा संविधान संशोधन विधेयक र त्यसमाथि दर्ता भएका प्रस्तावसमेत पेश गर्ने तयारी गरिएको भए पनि संविधान संशोधनको पक्षमा सत्तारुढ दलको दुई तिहाई बहुमत नपुग्ने देखिएपछि बैठक नै स्थगित गरिएको हो ।

बैठकमा संविधान संशोधन विधेयक र त्यसमाथि परेका संशोधन प्रस्तावमाथि छलफल सकेर निर्णयार्थ पेश गर्ने तयारी गरिएको भए पनि अन्तिम समयमा आएर बैठक स्थगित गरिएको हो । संविधान संशोधन विधेयकमाथि विभिन्न दल र सांसदले व्यक्तिगत रुपमा ५० वटा संशोधन प्रस्ताव दर्ता भएको सचिवालयले जनाएको छ ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संशोधन प्रस्तावको पक्षमा कुनै पनि हालतमा दुई तिहाई बहुमत पुर्यातउन नदिने रणनीतिमा देखिएको छ । संशोधन पारित गर्न अहिले संसदमा रहेका ५ सय ९३ सांसदको दुई तिहाई अर्थात् ३ सय ९६ मत आवश्यक पर्छ ।

सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमाथि बहुमत पुर्या उन सत्तापक्षीय दलहरु सकृय भएका छन् । उनीहरु औपचारिक तथा अनौपचारिक छलफलमा व्यस्त छन् ।

  • १७ बैशाख २०७४, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !