प्रधानन्यायधिश सुशीला कार्की बिरुद्ध महाअभियोग दर्ताः राष्ट्रपति कार्यालयलाई निलम्वन पत्र

आजभोलि

काठमाडौं । व्यवस्थापिका–संसदमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । संसद सचिवालयमा दर्ता भएको महाअभियोगमा नेपाली कांग्रेसका सांसद मीन विश्वकर्मा प्रस्तावक र नेकपा माओवादी केन्द्रका सांसद टेकबहादुर बस्नेत समर्थक रहेका छन् ।

महाअभियोग प्रस्तावमा कांग्रेस र माओवादी केन्द्रका २ सय ४९ जना सांसदहरुले हस्ताक्षर गरेका छन् ।

उक्त महाअभियोग प्रस्तावमा प्रधानन्यायाधीश कार्कीमाथि कार्यपालिकाको अधिकारमाथि हस्तक्षेप गरेको, न्यायपालिकाको गरिमा जोगाउन नसकेको, प्रहरी प्रमुख नियुक्ति प्रकरणमा हस्तक्षेप गरेकोलगायतका आरोप लगाइएको छ ।

न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गरेको, कार्यविधि र कानुनको पालना नगरेको, शक्ति पृथकीकरणको सिद्धान्तमा आघात पुर्या एको, सर्वोच्च अदालतमा गुटबन्दी गरेको, खराब आचरण गरेकोलगायतका आरोप पनि कार्कीमाथि लगाइएको छ ।

प्रस्ताव दर्ता भएसँगै राष्ट्रपति कार्यालयमा पत्र पठाएर कार्की निलम्बनमा परेको जानकारी गराइएको छ । महाअभियोग दर्ता भएसँगै कार्कीको प्रधानन्यायाधीश पद स्वतः निलम्बनमा परेको छ ।

  • १७ बैशाख २०७४, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !