काठमाडौंका मेयर के भन्छन ? कस्ता छन् योजना ?

आजभोलि

काठमाडौँ  । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका मेयरका उम्मेदवारले काठमाडौँलाई देशकै नमुना सहर बनाउने बताएका छन् । स्थानीय तहको निर्वाचनअन्तर्गत भएको उम्मेदवारी मनोनयन दर्ताका क्रममा विभिन्न राजनीतिक दलका प्रमुखका आकांक्षीहरुले उक्त कुरा बताएका हुन् ।

नेपाली काँग्रेसको तर्फबाट नेपाली काँग्रेस काठमाडौँ महानगरपालिकाको उम्मेदवार बन्नुभएका राजुराज जोशीले भत्केका भौतिक संरचनाको पुनःनिर्माण आफ्नो मुख्य एजेन्डा रहेको बताउनुुहुन्छ ।उहाँ भन्नुहुन्छ, “संसारभरको उत्कृष्ट संस्कृति भएको काठमाडौँको संस्कृतिको रक्षाका लागि म दृढ भएर लाग्नेछु ।” महानगरपालिकालाई धुलोरहित बनाउनुका साथै ठाउँठाउँमा पार्क निर्माण गर्ने बताए ।

नेकपा ९एमाले०का तर्फबाट उम्मेदवार बन्नुभएको विद्यासुन्दर शाक्य पार्टीले ल्याएको कार्ययोजनाअनुसार महानगरपालिकालाई नयाँस्वरुप दिने प्रतिक्रिया व्यक्त गर्नुहुन्छ ।उहाँ महानगरलाई २४ घन्टा खुला बनाउने वातावरण आफूले बनाउने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “काठमाडौँलाई पर्यटकीय आकर्षकको प्रमुख गन्तव्य बनाउँछु ।”

नेकपा ९माओवादी केन्द्र०बाट महानगरपालिकाको प्रमुखको उम्मेदवार सर्वोत्तम डङ्गोल आफू निर्वाचित भए काठमाडौँको स्वरुप परिवर्तन गर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विगतमा काँग्रेस एमालेका प्रमुख आए तर केही काम गर्न सकेनन् त्यसैले मैले काम गर्नका लागि उम्मेदवार दिएको हुँ ।”

सङ्घीय समाजवादी फोरम नेपालको तर्फबाट प्रमुख पदको उम्मेदवार पवित्र बज्राचार्य जनताको जित सुनिश्चित गर्नुका साथै काठमाडौँलाई नयाँ स्वरुप प्रदान गर्न आफ्नो उम्मेदवार रहेको बताए ।

  • २० बैशाख २०७४, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !