काँग्रेस माओवादी कार्यकर्ताबीच कुटाकुट

आजभोलि

काँग्रेस माओवादी कार्यकर्ताबीच कुटाकुट

रुकुम । रुकुममा विहिबार दिउँसो नेपाली काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–६ मा झडप हुँदा नेपाल तरुण दलका तीन र वाइसिएलका पाँचजना कार्यकर्ता गरी आठ कार्यकर्ता घाइते भएको बताइएको छ ।

झडप हूनूमा माओवादी केन्द्र जिम्मेवार रहेको काँग्रेस दलका वडाध्यक्ष विनोद कुसारीले बताएका छन् । उन्को अनुसार काँग्रेस निकट तरुण दलको आन्तरिक बैठक बसिरहेको अवस्थामा वाइसिएलले आक्रमण गर्न खोजेपछि झडप भएको स्पष्ट पारे । यता माओवादी कार्यकर्ताले भने बाटोमा हिँडिरहेको अवस्थामा तरुण दलले आक्रमण गरेपछी झडप भएको जनाएका छन् ।

झडपका क्रममा तरुण दलका हरि बस्याल, धनबहादुर विक, रवि केसी तथा वाइसिएलका प्रचण्ड केसी, प्रकाश ओली, विवेक विक, आकाश परियार र नरबहादुर पुन घाइते भएको बताइएको छ । घाइतेको अवस्था सामान्य रहेको भएपनि थप घटना नहोस् भनेर त्यस क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले बताएको छ ।

  • २२ बैशाख २०७४, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !