३४ जिल्लाका उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान

आजभोलि

३४ जिल्लाका उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान

काठमाडौ । बैशाख ३१ मा हुनलागेको स्थानीय चुनाबमा ३४ जिल्लाका स्थानीय निकायको निर्वाचनमा,आयोगले उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशन गर्दैछ । निर्वाचन आयोगको कार्यसूची अनुसार शुक्रबार बिहान १० बजेदेखि ११ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकिनेछ । त्यस्तै आजै बिहान ११ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह पनि प्रदान गरिनेछ ।

स्थानीय तहको निर्वाचन अन्तर्गत पहिलो चरणका लागी ३४ जिल्लाका २ सय ८३ स्थानीय निकायमा ४९ हजार २ सय ७ उम्मेदवारी परेको छ। जसमा नगरपालिका तथा गाँउपलिका प्रमुख तथा अध्यक्षमा १९ सय २५, उपप्रमुख तथा उपाध्यक्षमा १४ सय १९, वडाध्यक्षमा १० हजार ८ सय ४१ को उम्मेदवारी परेकोमा उम्मेदवारी फिर्ता गर्नेले हिजो बैशाख २१ गते फिर्ता गरेका छन् ।

वडा सदस्यमा भने १८ हजार ३ सय ७१, महिला सदस्यमा ९ हजार ३३, र दलित महिला सदस्यमा ७ हजार ४ सय ७२ को उम्मेदवारी परेको थियो । सबैभन्दा बढी काठमाडौंमा ३ हजार ५ सय ६ जनाको उम्मेदवारी परेको थियो भने सबैभन्दा कम मनाङमा २ सय ३३ जनाको उम्मेदवारी परेको थियो ।

  • २२ बैशाख २०७४, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !