कांग्रेसले बुथ कब्जा गर्दा प्रहरीको गोली लागि एकको मृत्यु

आजभोलि

अस्मिता खड्का, दोलखा । पहिलो चरणको निर्वाचन सम्पन्न हुने दिन बैशाख ३१ गते दोलाखामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । उक्त घटना  दोलखा जिल्लाको मेलुङ गाउँपालिका अन्तर्गत पवटी मतदान केन्द्र सत्यश्वर उच्चमावि केन्द्रमा घटेको हो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार गोली प्रहरीले चलाएको बताएका छन् । मृत्यु हुनेमा नेपाली कांग्रेसको कार्यकर्ता भएको बताइएको छ । मृत्यु हुनेमा कांग्रेस कार्यकर्ता नकुल भनिने डम्बरबहादुर भुजेलको ज्यान गएको हो । जसमा छ सात जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

केही दिन अघि राजनीतिक दलहरु बीच भएको झडप हुँदै आइरहेको थियो । दिउँसो मतदान चलिरहेको बेला करिब ३स्३० बजे कांग्रेस र एमाले कार्यकर्ताबीच भएको झडपका क्रममा प्रहरीले गोली चलाउँदा एकजना युवाको मृत्यु भएको हो । सामान्य रुपमा मतदान भइरहेको बेला ठुलो हुलसहित आएकाहरु कांग्रेसी कार्यकर्ताहरु मतदान केन्द्र भित्र पसेका थिए । उनीहरुले मतदान केन्द्रमा भोट हालिरहेका मतपेटिका कब्जा गरेर फुटाएका थिए पछि प्रहरीले नियन्त्रणमा लिन गोली चलाउँदा भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तथा घाइते सबै कांग्रेसका कार्यकर्ता रहेका बताइएको छ । सिकिस्त घाइतेलाई हेलीकप्टरबाट राजधानी लगिएको छ।

कांग्रेस कार्यकर्ता र मतदानमा खटिएका कर्मचारी साथै सुरक्षाकर्मीबीच २ सय ओटा मतपत्रमा एकै पटक हस्ताक्षर गरेर मतदान अधिकृतले त्यहाँ पुगेका मोबाईल टोलीका सुरक्षा कमाण्डर प्रहरी ईन्सपेक्टरको प्रभावमा एमाले मार्फत मतदान केन्द्र  कब्जा गराउन खोजेको आरोपमा चुलिएको विवाद हिंसामा परिणत भएको थियो। विवाद बढ्दै गएपछि कांग्रेसका कार्यकर्ताले मतदान स्थल र मतपेटिका तोडफोड गरेका थिए ।

झडपसँगै एक जनाको ज्यान गएपछि यो केन्द्रमा निर्वाचन स्थगित गरिएको मतदान अधिकृतले जानकारी दिए ।  मत पेटिका नै फुटाइएपछि मतदान प्रक्रिया बन्द गरिएको हो ।
उक्त घटनामा कांग्रेसले माओवादीसँग मिलेर घटाएको एमालेको आरोप रहेको छ । कांग्रेस माओवादीले सत्ताको आँडमा शक्तिको दुरुपयोग गरेको र विगत देखि जिल्लाका विभिन्न स्थानमा घट्ना घटाएको एमालेले आरोप लगाएको छ ।

कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएका स्थानहरुमा एकले अर्कालाई बुथ कब्जा गरिएको आरोप लगाएका छन् । वैत्येश्वर गाउँपालिकाको गैरीमुदी स्थित १, २  साथै नाम्दु स्थित ६ मा कांग्रेस कार्यकर्ता र सोही गाउँपालिकाको काब्रे स्थित ३, ४ र नाम्दु स्थित ५ नम्बर वडामा एमाले कार्यकर्ताले बुथ कब्जा गरेको आरोप कांग्रेस र माओवादीका कार्यकर्ताले लगाएका छन् । त्यस्तै वैत्येश्वरकै क्षेत्रपामा कांग्रेस र माओवादीले आफुहरुलाई मत हाल्न नदिएको आरोप एमाले कार्यकर्ताले लगाएका छन्।  एक अर्काले अरुलाई आरोप लगाएर आफू चोखिन खोजे पनि कसको संलग्नता छ भनेर प्रहरीले अनुसन्धान गरिहेको जिल्ला प्रहरीले जनाएको छ ।

  • १ जेष्ठ २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !