‘राजनैतिक नैतिकताको खडेरी तोड्न राजीनामा’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएका छन् । उनले बुधबार देशबासीका नाममा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।
नेपाली कांग्रेससँग भएको समझदारी अनुसार नै अाफू अगाडि बढ्ने भन्दै उनले राजीनामाको घोषणा गरे । नैतिकताको खडेरी तोड्छु भन्दै उनले देशवासीको नाममा सम्बोधन गर्दै भने, ‘बचनको भसोरा नभएको नेतृत्वले राष्ट्रलाई नेतृत्व गर्न सक्दैन ।’