फास्ट ट्रयाक के हुन्छ भन्नेहरूको नियत ठिक थिएन : प्रधानमन्त्री प्रचण्ड

आजभोलि

प्रधानमन्त्री प्रचण्डले ‘फास्ट ट्रयाक के हुन्छ ? भनी सोध्नेहरस्को नियत ठिक नभएको उल्लेख गरेका छन् । अाज पदबाट राजीनामा दिने क्रममा देशवासीलाई सम्बोधन गर्न गर्दै उनले भने, ‘फास्ट ट्रयाक के हुन्छ ? ओबीओर के हुन्छ ? हुलाकी मार्ग के हुन्छ ? ती प्रश्न गलत थिएनन् । तर, सोध्नेहरुको नियत सही थिएन ।’

आफैंमाथि विश्वास नभएपछि मान्छेलाई अरुमाथि पनि विश्वास नहुँदो रहेछ भन्दै उनले एमाले नेताहरूलाई फास्ट ट्रयाकका विषयमा जवाफ दिएका छन्  ।

फास्ट ट्रयाकलाई लिएर सरकारमाथि नियोजित दुष्प्रचारको अभियान चलाएको समेत उनले अाफ्नो सम्बोधनमा बताए।  प्रधानमन्त्री प्रचण्डले भने , ‘आज म यो सम्बोधनबाट जवाफ दिदै छु, अहिलेसम्म केवल राजनीतिक दाउपेचको विषय भएको र कसैको खास प्राथमिकतामा नपरेको फास्ट ट्रयाक अब बन्ने ग्यारेन्टी भयो । राजधानी र तराईबीचको दू्रत मार्ग अब सुनिश्चित भयो । केही दिनमै म त्यसको शिलान्यास गर्दैछु र नेपाली सेनाले बनाउँदै छ ।’

  • १० जेष्ठ २०७४, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !