चिरीबाबुले धाने कांग्रेसको इज्जतः महानगरमा एक्ला विजयी

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबु महर्जन विजयी हुनु भएको छ। चार ओटा महानगरपालिका मध्ये उनी उक्ला विजयी भएका छन् । बाँकी ३ महानगरपालिकाका काठमाडौं र पोखरा वर्तमान मतगणनामा कांग्रेसका उम्मेद्वार निकै पछि छन् । जीतको सम्भावना कम रहेको छ । भारतपुरमा भने नेपाली कांग्रेस र माओवादी केन्द्रको साझा उम्मेद्वार रेणु दाहाल चुनावी मैदानमा रहेकी छन् ।

महर्जनले एमालेका मेयर उम्मेदवार हरिकृष्ण व्याञ्जनकारलाई ३२६ मत अन्तरले हराउर्दै महर्जन विजयी बन्नुभएको हो। उनले मेयरमा विजयी महर्जनले २४ हजार ६ सय ४२ मत पाउनु भएको छ भने उहाँका प्रतिद्वन्द्वी एमालेका मेयर उम्मेदवार व्याञ्जनकारले २४ हजार ३ सय १६ मत प्राप्त गर्नु भएको छ। तेस्रो स्थानमा रहेका नेकपा माओवादी केनद्रका दिनेश महर्जनले भने १० हजार ६ सय ६१ मत मात्र प्राप्त गर्नु भएको छ।

एमाले र कांग्रेसको चर्को प्रतिस्पर्धाका बीच ललितपुर महानगरको मेयरमा महर्जनले बाजी मार्नु भएको हो। वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत चार महानगर ९काठमाडौं, ललितपुर, पोखरा र चितवन० मध्ये ललितपुरको नतिजा सबैभन्दा पहिले सार्वजनिक भएको हो।

त्यस्तै कांग्रेसकी उपमेयर उम्मेदवार सीता सत्यालले १९ हजार ८ सय १९ मत ल्याउदै साझा पार्टीकी मेयर उम्मेदवारलाई ५ हजार ५ सय ७९ मत अन्तरले पराजित गर्नु भएको छ। साझा पार्टीकी उपमेयर उम्मेदवार शोभा शाक्यले १४ हजार २ सय ४० मत ल्याउनु भएको छ। यता एमाले गठबन्धनमा उपमेयर उम्मेदवार बनेका राप्रपाका बाबुकाजी थापाले भने १० हजार ५ सय ४७ मत ल्याएको छ ।

  • १० जेष्ठ २०७४, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !