कांग्रेस सिद्धान्त र विधीबाट नभई एकलौटीरुपमा चलेकोे छ-पौडेल

आजभोलि

कास्की । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेर बहादुर देउवाले नेपाली कांग्रेसलाई एकलौटी रुपमा चलाएको ओराप लगाएका छन् । उनले पार्टीले सिद्धान्त तथा विधीलाई भूलेर व्यक्तिवादीरुपमा अघि बढाएको दुखेसो समेत गरे । पार्टी भित्र कार्यकर्ताको मूल्यांकन भन्दा पनि भागबण्डाको आधारमा अवसर दिने चलन गलत भएको समेत बताए ।

पोखरामा वीपी स्मृति पार्कको उदघाटन गर्दै बरिष्ठ नेता पौडेलले पार्टीलाई संस्थागत रुपमा र सिस्टममा चलाउन जरुरी भएको बताए । उनले भने,‘पार्टी सिस्टममा चलाउने हो भने भागबण्डा हुँदैन् । सिस्टममा नचलाउदाको परिणाम भागबण्डा हो ।’

वरिष्ठ नेता पौडेलले कांग्रेसले आफूलाई संस्थागत गरेर नेपाली जनतालाई लोकतन्त्रको सिद्धान्त र मर्मका बारेमा जानकारी बुझाउन अझै जरुरी रहेको पनि बताए । नेता पौडेलले जनताका बीचमा कांग्रेसलाई लोकप्रिय बनाउनका लागि कांग्रेसका नेता कार्यकर्ताले इमान्दार बन्ने जनताका  लागि काम गर्न जरुरी रहेको उल्लेख गरे ।

बरिष्ठ नेता पौडेलले कांग्रेसको शक्ती बामपन्थीहरुको जस्तो जनतालाई जबरजस्ती गरेर हासिल गरेको शक्ती नभएको भन्दै कांग्रेसले जनताको अन्तरआत्मालाई जित्न जरुरी रहेको समेत बताए । पार्टीलाई नयाँ ढंगले अगाडी बढाउनु पर्नेमा पौडेलको जोड रहेको थियो ।

  • १५ श्रावण २०७४, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !