सरु पिजडाबाट भागिन्ः अहिलेसम्म वेपत्ता

आजभोलि

काठमाडौं । चर्चित मोडल तथा गायिका सरु खड्काले नयाँ आधुनिक गीत बजारमा ल्याएको छ । “पिजडाबाट”  नामक एल्बममा उनले पिजडाबाट उडेकी चरी म…… भन्ने मुख्य गीत बाहिर बजारमा आएको छ । यसमा स्वर सरु खड्का आफैले दिएकी छिन् । शब्द चन्द्र केसी र संगीत पुरुषोत्तम नेउपानेको रहेको छ । यसमा मोडलिङ सरु खड्का तथा राजु श्रेष्ठ रहेका छन् । र, म्युजिक भिडियोको निर्देशन राज शाक्यले  गरेका छन् ।

गीत पिजडाबाट उडेकी चरी म …….मा गायिका खड्काले आफ्नो स्वरमा निखारपन ल्याएकी छन् । जसले यसलाई निकै कर्णप्रिय बनाएको छ । यो गीत वियोगान्त रहेको छ । जसमा एउटा प्रेमीको विछोडको कथालाई आधार मानिएको छ । आफ्नो प्रेमीका छोडर विदेश गएको र उसको दुर्घटनामा परी मृत्यु भएको पीडामा आधारित रहेको छ ।

स्वर, शब्द, संगीत र भिडियोको राम्रो संयोजन मिलेको छ । गीतले धेरै परदेशमा रहेका नेपालीको पीडालाई उजागर गरेको छ । जसले यो गीत छोटो समयमा निकै चर्चाको शिखरमा पुगेको छ ।

 

  • २० श्रावण २०७४, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !