डा. केसीको अवस्था अत्यन्त गम्भिरः मुटुको गति प्रतिमिनेट २ सय भन्दामाथि

आजभोलि

काठमाडौं ।  स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै २१ दिनदेखि आमरण असशनमा बसेका डा. गोविन्द केसीको अवस्था झनै नाजुक बनेको छ । हिजादेखि उनको बोली पनि बन्द भएको छ । मुटुको चालमा पनि खराबी देखिएको छ । उपचारमा संलग्न डाक्टरले जनाए अनेसार उनले कसैसँग बोल्न खोज्दा मात्रै पनि मुटुको गति दुई सय प्रतिमिनेटभन्दा माथि पुग्ने गरेको बताइएको छ। सामान्य मानिसको मुटुको गति प्रतिमिनेट ७० देखि ८० को बीचमा रहन्छ।

उनको उपचारमा संलग्न डा. प्रदीपकृष्ण श्रेष्ठका अनुसार डा। केसीलाई बेला–बेलामा छातीको बीच भागमा असह्य पीडा हुने गर्छ। उनले भने, अक्सिजन स्याचुरेसन निरन्तर घट्दो अवस्थामा छ, जसले गर्दा एकैछिन पनि अक्सिजन माक्स नलगाई बस्न सक्ने अवस्था छैन।

रगतमा म्याग्नेसियम, पोटासियम, क्याल्सियम, फोसफोरसको मात्रामा कमी भइसकेको र सेतो रक्तकोशिकाको संख्या निरन्तर घट्दो अवस्था रहेको डा. श्रेष्ठले बताए।

उनको अवस्था खराब हुँदै गएपछि उनका सहयोगीहरुले आइसियूमा लाने प्रयास गरेपनि डा.केसीले मानेन् । उनी होस हुन्जेल आइसियूमा लान कठीन भएको बताईको छ । उनको मुटुको धड्कन, सवस्थ्य अवस्था तथा अन्य हेर्दा उनलाई जुनसुकै बेलामा पनि जे पनि हुन सक्ने सहयोगी टिमले जनाएको छ । प्रधानमन्त्रीले हिजो दिनभरी पहल गर्दा पनि एमाले वार्तामा नआएको कारण कुनै सहमती हुन सकेन ।

  • ३० श्रावण २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या