तराई-मधेशमा कृषिमा अरबौंको क्षतिः विवरण संकलन गर्न समिति गठन

आजभोलि

मधेशब्यूरो । तराई मधेशमा आएको बाढीको कारण कृषिमा भएको नोेक्सानको विवरण तथा क्षतिपूर्तिको  संकलनको लागि कृषि विकास मन्त्रालयले एउटा समिति गठन गरेको छ । कृषि विभागमा कृषि विकास मन्त्री रामकृष्ण यादवको उपस्थितिमा बसेको बैठकले देशैभरिको लागत सङ्कलन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्न उक्त समिति गठन गरेको हो । मन्त्रालयका सचिव डा। सुरोज पोखरेलको संयोजकत्वमा नौ सदस्यीय एक समिति बनाएको छ । सो समितिले तीन दिनभित्र आफ्नो प्रतिवेदन मन्त्रालयमा बुझाउने छ र सातदिन भित्र क्षति पुगेको ठाउँ तथा किसानका लागि के के गर्न सकिन्छ त्यसको पनि प्रतिवेदन बुझाउनुपर्ने समितिको कार्यविधिमा उल्लेख छ ।

उक्त समितिको सदस्यहरुमा समितिको सदस्यहरूमा नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक, योजना महाशाखाका सहसचिव, प्रशासन महाशाखाका सहसचिव, खाद्य सुरक्षा, कृषि व्यवसाय प्रबद्र्धन तथा वतावरण महाशाखा सहसचिव, नीति तथा अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखका सहसचिव, कृषि विभागका महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक रहेका छन् ।

प्रारम्भिक तथ्याङ्क अनुसार पूर्वाञ्चलमा १४ करोड मूल्य बराबरको तरकारी, फलफूलमा क्षति भएको छ भने तीन करोड रुपियाँ बराबरको माछापालनमा क्षति पुगेको छ । त्यस्तै भण्डारण गरिराखेको खाद्यान्नमा १२ करोड रुपियाँ बराबरको क्षति पुगेका छ । त्यस्तै, साढे दुई लाख हेक्टर धान खेतीमा क्षति पुगेको मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले जानकारी गराए ।  

मुख्य रोपाइँको समयमा राम्ररी पानि नपरेर चिन्तित बनेका  किसान धान रोपाइँको अन्तिम समयमा परेको अविरल वर्षापछि आएको बाढीले त्यसमा प्रत्यक्ष असर गरेको छ भने तरकारी खेती, खाद्यान्न, माछापालन, फलफूललगायतमा पनि व्यापक असर गरेको कृषि मन्त्रालयले जनाएको छ । सबभन्दा बढी असर तरकारी, माछा र फलफूलमा परेको बताउँदै उहाँले हालसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार झापामा तीन करोड, मोरङमा चार करोड, सिरहामा दुई करोड, सप्तरीमा दुई करोड रुपियाँ बराबरको क्षति भएको जानकारी दिए ।

   

  • ३० श्रावण २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !