पाटनको कृष्णमन्दिरमा भक्तजनहरुको भीड

आजभोलि

ललितपुर । कृष्णाष्टमीको दिन पाटन दरबारस्थित कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । विशेषगरी महिला भक्तहरुको बाक्लो भीड लागेको छ । महिलाहरु कृष्ण जस्तो पति पाउँ भनेर आज व्रत बसी कृष्णाको आराधना गर्ने गर्दछन् ।

श्रीकृष्ण जन्माष्टीका दिन पूजा आराधनाका लागि व्रतालु भक्तजनको लामबद्ध भीड लागेको पुजारी प्रतापधर शर्माले बताउनुभयो । पूजाका लागि चाँपागाउँ, गोदावरी, पाटनवासीलगायत राजधानीका विभिन्न स्थानबाट व्रतालु भक्तजनको बाक्लो उपस्थिति रहेको छ ।

हरेक वर्ष कृष्ण जन्माष्टमीका दिन उक्त मन्दिरमा विशेष पूजाअर्चना गरिनुका साथै जात्रा मनाइने प्रचलन रहेको छ । सो क्षेत्रमा रहेको भगवान श्रीकृष्णको मन्दिरमा हरेक वर्ष राष्ट्रप्रमुखबाट पूजा गर्ने र प्रसाद ग्रहण गरिने प्रचलन रहँदै आएको छ ।

शिखरशैलीमा निर्मित सो मन्दिर राजा सिद्धीनरसिंह मल्लको पालामा निर्माण भएको हो । उक्त मन्दिरमा २१ वटा गजुर रहेको छन् ।

  • ३० श्रावण २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !