बाढी प्रभावित क्षेत्रमा ७ दिनसम्म निःशुल्क स्वास्थ्य उपचारः सबै कर्मचारीलाई उपचार संलग्न मन्त्रालयको हुन निर्देशन

आजभोलि

काठमाडौं ।  नेपाल सरकारले बाढी प्रभावित तराई मधेशमा ७ दिन सम्म निःशुल्क उपचार प्रदान गर्ने जनाइएको छ । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार ओषधी सहितको टोली खटाइ सकेको छ । स्थानीय टोलीले उपचार सेवा दिन थालेको जनाएको छ ।  

मन्त्रालयले सबैसँग सम्वनय गर्ने र केन्द्रबाट परिचालन भएका टोलीले प्रभावित जिल्लाका स्वास्थ्य कार्यालय, अस्पताल, स्वास्थ्य चौकी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीयसँग सहकार्य गरेर आवश्यक व्यवस्था मिलाउने छन्।

मन्त्रालयले विराटनगरमा डा। गुणनिधी शर्मा, जनकपुरमा भिम सापकोटा, रौतहटमा सागर घिमिरे र नेपालगन्जमा परशुराम श्रेष्ठको संयोजकत्वमा टोली परिचालन गरेको छ। टोलीसँग मन्त्रालयले पानी शुद्ध गर्ने औषधि, जीवनजल, एन्टिबायोटिक्स, प्राथमिक उपचारका सामाग्री तथा अन्य आवश्यक औषधि समेत पठाएको छ।

विराटनगरमा खटिएका टोलीले मोरङ, झापा, सुनसरी, सिराह र सप्तरीमा, जनकपुरमा खटिएको टोलीले धनुषा र महोत्तरी, रौतहटको टोलीले रौतहटसहित सर्लाही र बारा, नेपालगञ्जको टोलीले बाँके, बर्दिया र सुर्खेतमा औषधि, उपचार र आवश्यक सहयोग उपलब्ध गराउने छन्।

यसरी स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्याम्स, धरदैलो सेवा लगायतकाअ कार्यक्रमहरु संचालन गर्ने समेत जनाएको छ । विदामा बसेका कर्मचारीलाई काम फर्कन निर्देशन दिएको छ ।

  • ३० श्रावण २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !