बझाङ जिससमा एमालेको प्यानलै निर्विरोधः कांग्रेस तथा माओवादीले उम्मेद्वारी समेत दिएनन्

आजभोलि

बझाङ  ।  जिल्ला समन्वय समिति बझाङको निर्वाचनका अरु कुनै पार्टीको उम्मेद्वारी नपरेपछि नेकपा एमालेको   प्यानल निर्विरोध निर्वाचित भएको छ । खड्कबहादुर खड्का जिल्ला समन्वय समितिको संयोजक  र भागिरथी अवस्थी उप संयोजकमा निर्वाचित भएका छन् ।

उक्त समितिका सदस्यहरुमा महिलाबाट सरस्वती बोहरा, मेनका साउद, दलित महिलाबाट बिनिता सार्की निर्वाचित भएका छन् । दलित सदस्यमा गजेन्द्रबहादुर सार्की, तथा पुरुष सदस्यमा जन्मेजय जोशी, डबलबहादुर बोगटी र पदम धामी निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारीहरुलाई शुक्रवार पदभार तथा सपथ ग्रहण गरेका छन् । नेपाली कांग्रेस तथा माओवादी केन्द्रले आफूले कुनै पदमा पनि दाबी गरेनन् । बझाङका १२ ओटा स्थानीय तहमा एमाले ८ र नेपाली कांग्रेस ४ ओटा तहमा विजय भएका थिए । माओवादी केन्द्रले भने कुनै पनि स्थानीय तहको नेतृत्वमा जीत हासिल पार्न सकेनन् ।

  • ३० श्रावण २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !