चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेपाल भ्रमणमा

आजभोलि

काठमाडौं । चीनका उपप्रधानमन्त्री वाङ याङ सोमबार नेपाल भ्रमणका लागि  नेपाल आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले स्वागत गरेका थिए ।  उनीसँगै २२ जना सहभागी रहेको जनाइएको छ । पाँच वर्षयता चीनबाट भएको यो नै सबैभन्दा उच्चस्तरीय भ्रमण हो ।

वाङ  पाकिस्तानको स्वतन्त्रता दिवसमा सहभागी जनाएर सिधै नेपाल आएका हुन । उनी चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्यसमेत रहेका  छन् ।

नेपाल बसाइँकाक्रममा चिनियाँ उपप्रधानमन्त्रीको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा तथा सत्तारुढ र विपक्षी दलका शीर्ष नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणकाक्रममा नेपाललेसमेत हस्ताक्षर गरिसकेको ‘वान बेल्ट वान रोड’ परियोजनाबारे पनि छलफल हुने बुझिएको छ ।

भोली चिनियाँ उपप्रधानमन्त्रीले बसन्तपुरस्थित हनुमानढोका दरबार पुनःनिर्माणको शिलन्याससमेत गर्ने कार्यक्रम रहेको छ ।

  • ३० श्रावण २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !