सुर्मादेवी जलविद्युत मर्मत गरेको एक वर्ष जस्ताकोत्यस्तैः कहाँ गयो ८६ करोड ?

आजभोलि

बझाङ । बझाङमा रहेको गडीस्थित २०० किलोवाट क्षमताको सुर्मादेवी साना जलविद्युत् आयोजना मर्मत सम्पन्न भएको एक वर्ष नबित्दै नचल्ने अवस्थामा पुगको छ । विदेशी दाताको सहयोगमा झण्डै ८६ करोडको लागतमा महंगो गरी निर्माण भएको भए पनि एक वर्षमै विग्रिएको छ ।

 विद्युत् अनियमित हुँदा यहाँका सरकारी कार्यालयको कामकाज, व्यापार र उद्योग व्यवसाय नराम्ररी प्रभावित बनेको थियो । मर्मत योजनामा नै त्रुटी रहेका कारण पानी प्रवाहमा समस्या देखिएको हो । चैनपुर तथा वरीपरीको क्षेत्रमा विजुली नआउँदा अध्यारोमा बस्न बाध्य छन् ।

जापानी निर्माण कम्पनी मारुसिनसिताकाले मर्मत गरेको केही महिना नबित्दै विद्युत् सेवा अवरुद्ध हुँदै आएको थियो । सो कम्पनीले तोकिएको समयमा सबै काम सम्पन्न नगरी बिचैमा छोडेको थियो । निर्माणमा त्रुटी भएको विषयमा परामर्शदाता निकाय जापान सहयोग नियोग र निर्माण कम्पनीलाई जानकारी गराइसकेको उनको भनाइ छ ।

अरु योजना भन्दा दोब्बर लगानीमा मर्मत गरिएको योजना भए पनि मर्मत भएदेखि बारम्बार समस्या आउने गरेको स्थानीय बासिन्दाको गुनासो रहेको छ।  यति कमीकमजोरी हुँदा पनि स्थानीय प्रशासन तथा सरकारले कुनै पनि कदम चाल्न सकेको छैन् । जसले समाधान भन्दा पनि झन अन्यौल थपेको छ ।

file photo
 

  • ३१ श्रावण २०७४, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या