प्रधानमन्त्रीद्वारा महाकाली पुलको शिलन्यासः सुदूरमा विकासको ढोका खुल्यो

आजभोलि

सुदूरपश्चिम ब्यूरो । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले महाकाली नदीमा बन्ने पक्की पुलको शिलन्यास गरेका छन् । प्रधानमन्त्री देउवाले भारत भ्रमणताका महाकाली नदीमा चार लेनको पुल बन्ने सम्झौतामा हसताक्षर गरेका थिए । उनले बिहीबार कञ्चनपुरको भिमदत्त नगरपालिकाको ओदाली भन्ने स्थानमा शिलन्यास गरेका हुन् । पुलको शिलन्याससँगै सुदूर तथा मध्यपश्चिमका बासिन्दाले भारत जाँदा भोगेका पीडा तथा समस्या समाधान हुनेमा आशावादी रहेका छन् ।

महाकाली नदीमा बन्ने चारलेनको पुल निर्माणका लागि  ३ अर्ब २६ करोड ९३ लाख रकम लाग्ने छ । उक्त पुल बन्नका लागि कम्तिमा पनि ३ वर्ष समय लाग्ने छ । उक्त पुलको लम्बाई ८ सय मिटर छ भने चौडाई २३ दसमलब ८ मिटर रहेको छ। सरकारले पुल निर्माणका लागि चालू आर्थिक बर्षमा ९९ करोड ६५ लाख रकम बिनियोजन गरेको छ। जसमध्ये १० करोड रकम पुलसँगै निर्माण हुने सडकका लागि जमिन मुआब्जामा खर्च गरिने भएको छ।

महकालीमा पुल बनेपछि भारतबाट आयात निर्यातमा पनि सहज हुनेछ । अहिले महाकालीमा रहेको पुलको समस्याले गर्दा ठूला मालबाहक गाडी तथा सवारी साधान आवतजावतमा कठीनाई देखा परेको छ । यसले अब सुदूरका पहाडी जिल्लासँग व्यापार व्यवसायको लागि सहज हुनेछ ।

लामो समयदेखि चर्चा भइरहेको यो पुल नेपाल सरकारको कारणले हुन सकिराखेको थिएन । नेपालका प्रधानमन्त्री भारत जाँदा चर्चा हुने तर कार्यान्वयन नहुने महाकाली पुल प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणपछि सार्थक बनेको छ । सम्झौता लगत्तै शिलन्याश भएको यो पुल समयमै निर्माण हुनेमन विश्वास रहेको छ ।

शिलन्यासपछि प्रधानमन्त्री देउावले पुल समयमै निर्मा०ा हुने र यसले सुदूरपश्चिमको विकासको ढोका खुल्ने बताएका थिए ।

  • १५ भाद्र २०७४, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !