प्रधानमन्त्रीको अर्को आश्वासनले आंशिक खुसी, आन्दोलन नरोकिने

आजभोलि

प्रधानमन्त्रीको अर्को आश्वासनले आंशिक खुसी, आन्दोलन नरोकिने


जलेश्वर, भदौ २८ ।
चुनावी सम्बोधनको दौरानमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल आंशिक प्राध्यापकको मागमा आफू सकारात्मक रहेकोे बताएसँगै आंशिक प्राध्यापकहरु खुसी भएका छन् ।
प्रधानमन्त्रीले आंशिक प्राध्यापकलाई इँङ्गित गर्दै बुधबार जनकपुरमा सो कुरा बताएका हुन् ।
सकारात्मक शब्द प्रधानमन्त्रीबाट फुत्किएसँगै आंशिक प्राध्यापकहरुमा फेरी एकपटक खुसी छाएको संघका सदस्य माधव न्यौपानेले बताए । उनले भने ‘‘यसपटकको पहलले निकाश अवश्य दिन्छ” ।
प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमल्सिना सहितको आंशिक टिमलाई सम्बोधन गर्दै आंशिकको बारेमा जानकार रहेको र समस्या समाधानको लागि शिक्षा सहित अर्थ मन्त्रालयलाई यसअघि नै निर्देशन दिइसकेको बताए ।
हामीसित कुरा गर्दै अध्यक्ष तिमल्सिनाले भने ‘‘प्रधानमन्त्रीलाई दशकौँदेखि अध्यापनरत आंशिक प्राध्यापकको माग सुनुवाई हुनुपर्छ, यसैकारण मैले राखेको प्रस्तावमा प्रधानमन्त्री सकारात्मक बन्नु भएको हो” ।
तिमल्सिनाले प्रधानमन्त्रीलाई पूनः देशभर त्रिविका करिब १४ सय आंशिक प्राध्यापकहरु झण्डै दुई महिनादेखि निरन्तर आन्दोलनमा रहेको र समस्याले समाधानको बाटो नलिए उनीहरुले अझै कडा आन्दोलनको तयारी गरिरहेको पनि जानकारी गराएका थिए ।
यस अघिपनि प्रधानमन्त्री सकारात्मक बनेपनि विश्वविद्यालय पदाधिकारीको ढिलासुस्तीले आन्दोलनले पूर्णता पाएको छैन । विश्वविद्यालय अनुदान आयोगको दरबन्दी स्वीकृती भएपनि अन्य निकायबाट फाइल अगाडि बढेको छैन । प्रधानमन्त्रीको आश्वासनसँगै आंशिकहरु खुसी भएपनि माग पूरा नभइन्जेल आन्दोलन जारी रहने उनीहरुले बताएका छन् ।

  • २८ भाद्र २०७४, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !