नेपालको संविधान विश्वमै उत्कृष्ट-प्रधानमन्त्री देउवा

आजभोलि

नेपालको संविधान विश्वमै उत्कृष्ट-प्रधानमन्त्री देउवा

न्यूयोर्क । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान जनताका मौलिक हक र समावेशिताका लागि विश्वमै उत्कृष्ट भएको बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले शुक्रबार संयुक्त राष्ट्र संघ मुख्यालयमा आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै उहाँले संविधान जारी भएपछि जनताले पाएका सबै प्रकारका अधिकार कसैले खोस्न नसक्ने भएको बताउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “संविधानले राज्यका तीनै अंगबीच शक्ति सन्तुलन र नियन्त्रणको उत्कृष्ट व्यवस्था गरेको छ, स्वतन्त्र न्यायापालिका नेपाली प्रजातन्त्रको खम्बा हो ।”

उहाँले सबैको सहभागितामा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र सफल रुपमा सम्पन्न भएको बताउँदै उहाँले यसै वर्ष संविधानअनुसारका संघीय प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुन लागेको जानकारी दिनुभयो ।

नेपालले विभिन्न चुनौतीका बाबजुद सशस्त्र द्वन्द्वलाई संवाद र वार्ताका माध्यमबाट निष्कर्षमा पु¥याएको घटना विश्वका लागि नै प्रेरणादायी हुने छ भन्दै उहाँले यसै परिवेशमा नेपालले राष्ट्रसंघीय मानवाधिकार परिषद्को सदस्यमा दिएको उम्मेदवारीप्रति सहयोग गर्न विश्व समुदायलाई आग्रहसमेत गर्नुभयो ।

समारोहमा भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेलगायत राष्ट्र संघ र विभिन्न देशका उच्च अधिकारी सहभागी हुनुहुन्थ्यो । नेपालका तर्फबाट उपप्रधानमन्त्री कृष्णबहादुर महरा, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईलगायत उपस्थित हुनुहुन्थ्यो ।

  • ७ आश्विन २०७४, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !