दशैँमा एक आंशिक प्राध्यापकको आमालाई चिठी

आजभोलि


आमा
सेवा र ढोग ।

राज्य र त्रिविले गरेको बौद्धिक शोषण अन्त्यको लडाईमा छ महिनाको आन्दोलन दुई महिना लामो रिले अनशन र चार दिन देखिको आमरण अनशनमा पनि सम्बन्धित निकाय बेखबर जस्तै बनेको छ ।
हामी महान चाडमा पनि आमरण अनशनमा छौ भने त्रिवि पदाधिकारीहरु र सरकार आंशिकको समस्यामा अझै गम्भीर बनेका छैनन् । कानमा तेल हालेर बसेका छन।
साथि डा. महेश कुमार गजुरेल आमरण अनशनमा हुनुहुन्छ । उहाँको श्वास्थ्य अवस्था बिग्रँदो  छ। यसकारण शैक्षिक शोषणको लडाइँ यसपटक पूरा नभईन्जेल आन्दोलनको अन्त्य हुनेछैन ।

त्रिभुवन विश्वविद्यालयमा कार्यरत झण्डै १४ सय बढी प्राध्यापक पेशागत सुरक्षा र आफ्नो अधिकारका लागि २०६३ सालदेखि अहिलेसम्म शान्तीपूर्ण आन्दोलनमा छौँ । प्राध्यापकहरु जहिले पनि शान्तीपूर्ण र बौद्धिक आन्दोलनमा विश्वास गर्ने पेशाका मानिस हुन् र हामी त्यसै गरिरहेका छौँ।

आफ्नो शान्तीपूर्ण आन्दोलनको क्रममा कहिले प्रधानमन्त्री निवास वालुवाटार घेर्छौँ कहिले माइतीघर मण्डला धर्ना दिन्छौँ त कहिले रत्नपार्कमा र्याली गर्दछौँ। यसरी ज्ञापन पत्र बुझाउने धर्ना दिने, तथा रिले अनशन बस्दापनि सरकारले जायज माग पूरा नगरेकाले आमरण अनशन बस्नु परेको हो ।
आमा यो सामाजिक न्यायको लडाइँ हो। झण्डै १५ सय प्राध्यापक र लाखै विध्यार्थीको भविष्यसगँ जोडिएका बिसय भएकोले पनि यो मुद्दा टुंग्याउनु जरुरी छ। त्यसैले यसपटक म घर आउन र दशैँ मनाउन पाईन आमा।

मलाई थाहा छ म नहुँदा दशैँ खल्लो हुन्छ। खल्लो भए पनि जसो तसो मनाउनु र बुबालाई म आउन नपाएको भनेर सम्झाउन होला।

 

प्यारो छोरो
ठमिन्द्र खतिवडा

 

  • १४ आश्विन २०७४, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !