कीर्तिपुर । नेपाल अांशिक प्राध्यापक संघको अामरण अनशन पाँच दिन पुग्दासम्म मागको कुनै सुनुवाइ हुन सकेको छैन ।
भेटघाटको क्रममा कुलपति सकारात्मक बनेपनि विश्वविद्यालय निकायको अस्पष्टताले माग पुरा नभएको हो ।
सबैतिरबाट ग्रिन सिग्नल अाएपनि अहिलेसम्म अाधिकारिकता अाएको छैन – सहअध्यक्ष ठमिन्द्र खतिवडाले बताए ।
समय लम्बिदै जाँदा अनशनमा रहेका डा. महेश कुमार गजुरेलको अवस्था नाजुक बन्दै गएको छ । दुई महिना बढी समयदेखि अान्दोलनरत् प्राध्यापकहरु डा. गजुरेलको जीवन रक्षाको अपिल गर्दै निकायले चाँडो माग पूरा गर्नुपर्ने बताउँदै अाएका छन् ।