अनशन छैटौं दिनमा, शिक्षाध्यक्षको गैरजिम्मेवार बोली

आजभोलि

कीर्तिपुर ।

अांशिक प्राध्यापकको अामरण अनशनले छ दिन कटाईसकेको छ । अनशनरत् डा. गजुरेलको अवस्था नाजुक बन्दै गएको छ । उनलाई चिकित्सकको सहयोगमा स्लाईन चढाईएको छ । तर शिक्षाध्यक्ष सुधा त्रिपाठी भने गैरजिम्मेवार भाषा र शैलीमा अन्तरवार्ता दिन पछि परेकी छैनन् ।

सोमबार बिहान थाहा रेडियोसंगको संवादमा उनले रहरले अनशन बस्नुपरेजस्तै अांशिक प्राध्यापक नहुने सम्मको अावाज सुनाउन भ्याएकी थिईन् ।

अाफ्नो हैसियत बिर्षँदै अनशन बसेर करार भन्दापनि लडेर अाउनुपर्ने बताएकी थिईन् । प्रणाली ध्वस्त पार्ने र नियमको धज्जी उडाउन राजनीतिक भर्याङलाई प्रयोग गर्न खप्पिस त्रिपाठीले बोलेका शब्दहरूलाई शैक्षिक पण्डितहरुले गलत बताएका छन् । उनिहरुले शिक्षाध्यक्षले पदमा बसेर, सबैकुरा बुझेरपनि बुझ पचाउँदै अांशिक प्राध्यापक नचिन्ने जस्ता शब्दको प्रयोग गर्न नहुने बताए ।

सहअध्यक्ष ठमिन्द्र खतिवडाले भने “भागमा पुगेका मनिसले प्रणालीको कुरो गर्नुले यतिन्जेल के हेरेर बसे” ? उनको प्रश्न थियो ।

अाजकै अभिव्यक्तिलाई लिएर विभिन्न निकायले गम्भीर त्रुटीको संज्ञा दिएका छन् । डा. गजुरेलको अवस्था झनै दयनिय बन्दैजाँदा शिक्षाध्यक्ष त्रिपाठीको बोलीले अांशिक झनै अान्दोलित् बनेका छन् । भनेका छन् उनलाई घुँडा टेकाएरै छाडिन्छ !

  • १६ आश्विन २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !