सत्याग्रही डा. गजुरेलको अवस्था दयनिय, हुरपेसद्वारा जीवन रक्षाको अपील

आजभोलि

काठमाडौँ ।

आफ्ना विभिन्न माग राखेर आमरण अनशनमा बसेका नेपालका आंशिक प्राध्यापक संघका अध्यक्ष डा. महेश कुमार गजुरेलको अवस्था नाजुक बन्दै गएको चिकित्सकले बताएका छन् ।
उहाँको निगरानीमा रहनुभएका मनमोहन शिक्षण अस्पतालका डा. सुवास राजभण्डारीका अनुसार असोज ११ गतेदेखि आमरण अनशनमा बसेका गजुरेलको रक्तचापमा समस्या, मुटुको चाल बढी, महत्वपूर्ण अंगहरु शिथिल हुँदै गएको, मृगौलामा समस्या देखिएको र सुगरको मात्रा कम भएको बताएका छन् ।
अनशनकारीको अवस्था गम्भीर बन्दै जाँदा डा. गजुरेलको जीवनरक्षाको लागि मानव अधिकार तथा शान्ति समाज (हुरपेश) ले सरोकारवाला निकायसँग जीवन रक्षाको अपील गरेको छ ।
समाजका महसचिव उत्तम पुडासैनीद्वारा हस्ताक्षरित विज्ञप्तीमा व्यक्तिको जीवन रक्षाको अधिकारप्रति गम्भीर हुँदै सत्याग्रहीको बिग्रँदो स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै वार्ताको माध्यमबाट समस्याको समाधान खोज्नको लागि आग्रह गरेको छ ।
यस्तै आंशिक प्राध्यापक संघका सहअध्यक्ष ठमिन्द्र खतिवडा द्वारा हस्ताक्षरित अर्को विज्ञप्तीमा अनशनकारीको स्वास्थ्य अवस्था जटिल हुँदै जाँदापनि नेपाल सरकार, त्रिवि र सरोकारवाला निकायले वेवास्ता गरेकाले सत्याग्रहीको जीवन रक्षाको लागि सबैमा अनुरोध गरेको छ ।
बुधबार रिपोटर्स क्लवमा प्राध्यापक संघका विभिन्न संगठनहरुले पनि संयुक्त विज्ञप्ती मार्फत डा. गजुरेलको अवस्थालाई मध्येनजर गर्दै सरकारलाई सचेत गराएको छ ।

हेर्नुहोस् (विज्ञप्ती)

  • १८ आश्विन २०७४, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !