अामरण अनशनको नवौं दिन, अनशनकारीको अवस्था जटिल

आजभोलि

कीर्तिपुर ।

अामरण अनशनकारी डा. महेश कुमार गजुरेलको अवस्था झनै जटिल बनेको छ ।

उनी नवौं दिनदेखि त्रिवि केन्द्रीय कार्यालय अगाडि अामरण अनशनमा छन् ।

सहअध्यक्ष ठमिन्द्र खतिवडाका अनुसार बुधबारको भन्दा बिहीबार उनलाई झनै असहज् भएको हो । उनले भने “अवस्था यति जटिल हुँदा पनि सम्बन्धित निकाय मौन छ” । परिवारका सदस्यहरु चिन्तित बन्दै जीवन रक्षाको लागि अपील गरेका छन्, हामीले अनशन टुंगोमा पुर्याउन सकेका छैनौं खतिवडाले भने ।

यसअघि पनि विभिन्न संस्थाहरूले डा. गजुरेलको जीवन रक्षाको माग गर्दै विज्ञप्ति जारी गरेका थिए । सबैतिर बाट दवाव पर्दापनि सम्बन्धित निकायले अांशिकको माग पूरा गरेको छैन । यहि कारण अनशनकारीको अवस्था झनै जटिल बन्दै गैरहेको छ ।

अांशिक प्राध्यापकहरुले अनशन र धर्ना एकसाथ गरिरहेका छन् । बिहिबार पनि उनीहरुले माईतिघर मण्डलामा अनशनकारीको जीवन रक्षाको लागि दवाव स्वरुप धर्ना दिएका थिए ।

  • १९ आश्विन २०७४, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !