आंशिकको माग अझै सम्बोधन भएन, अनशनकारीको अवस्था झनै नाजूक बन्दै

आजभोलि

आंशिकको माग अझै सम्बोधन भएन, अनशनकारीको अवस्था झनै नाजूक बन्दै


काठमाडौँ ।

विभिन्न माग राखेर आमरण अनशनमा बसेका नेपालका आंशिक प्राध्यापक संघका अध्यक्ष डा. महेश कुमार गजुरेलको अवस्था झनै नाजुक बनेको छ ।

डा. गजुरेल असोज ११ गतेदेखि आमरण अनशनमा बसेका छन् । गजुरेलको रक्तचापमा समस्या देखिएको छ । केहि दिनदेखि मुटुको चाल बढी भएको, महत्वपूर्ण अंगहरु दिनप्रतिदिन शिथिल हुँदै गएको, मृगौलामा थप समस्या देखिएको र सुगरको मात्रा अत्यन्त्यै कम हुँदै गएको चिकित्सकले बताएका छन् ।

अनशनकारीको अवस्था जटिल बन्दैजाँदा डा. गजुरेलको जीवनरक्षाको लागि विभिन्न संस्था एवम् प्रधानमन्त्री चिन्तित् बनेपनि समस्याको समाधान भएको छैन ।

शुक्रबार आमरण अनशन १० दिन पुग्दा परिवार लगायत संघमा चिन्ता बढेको छ । उनीहरुले देशमा जीवन र न्याय हराएको भन्दै डा. गजुरेलको जीवन रक्षाको लागि समस्याको चाँडो समाधान दिनुपर्ने बताएका छन् ।

  • २० आश्विन २०७४, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !