आंशिक प्राध्यापकसँग वार्ता गर्न वार्ता टोली गठन

आजभोलि

आंशिक प्राध्यापकसँग वार्ता गर्न वार्ता टोली गठन

काठमाडौँ ।
बिगत ७६ दिनदेखि आन्दोलनरत् नेपाल आंशिक प्राध्यापकसँग वार्ता गर्न शिक्षा मन्त्रालयले आइतबार वार्ता टोली गठन गरेको छ ।

लामो समयको आन्दोलनले पूर्णता नपाएको भन्दै असोज ११ गतेदेखि आंशिक प्राध्यापक डा. महेश कुमार गजुरेल आमरण अनशनमा बसेका थिए ।

शिक्षा मन्त्रालयका सहसचिव तथा योजना महाशाखाका प्रमुख डिल्ली रिमालको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति बनाइएको हो ।
वार्ता समितिको अन्य सदस्यहरुमा अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री र त्रिभुवन विश्वविद्यलायका योजना महाशाखा प्रमुख प्रा.डा. ऋदिश पोखरेल रहेका छन् ।

आंशिकलाई करार गरिनुपर्ने माग राखेर आमरण अनशनमा बसेका प्राध्यापकहरुको पीडालाई नजर गर्दै शिक्षा मन्त्रालयले वार्ताको लागि समिति बनाएको हो ।

अनशनकारी डा. गजुरेल १२ दिन देखि आमरण अनशनमा छन् । माग पूरा नभइन्जेल अनशन नतोडिने बताएपछि सरकारले वार्ताको लागि तदारुकता देखाएको हो ।

शिक्षा स्रोतले दिएको जानकारी अनुसार वार्ता समितिले सोमबारबाट औपचारिक छलफल गर्नेछ ।

  • २२ आश्विन २०७४, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !