निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या

आजभोलि

File: The Federation of Contractors Association of Nepal Sharad Kumar Sherchan. Courtesy: Facebook

काठमाण्डौ ।
नेपाल निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको अज्ञात समूहले गोली हानेर हत्या गरेको छ ।
नयाँ बानेश्वरको शान्तिनगर खरिबोट नजिकै उनीमाथि मोटरसाइकलमा सवार दुइ जनाले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गाडी भित्र रहेका गौचनलाई लक्षित गरी आक्रमणकारीहरुले गोली प्रहार गरेका हुन् ।
डाँफे कन्सट्रक्सनका प्रबन्ध निर्देशक समेत रहेका गौचनको सिभिल अस्पताल पुर्याए लगत्तै मृत्यु भएको थियो ।

गौचनको बायाँ कोखा र छातीमा गोली लागेको थियो । बानेश्वर प्रहरीका डिएसपी रविकुमार पौडेलले गौचनको गाडीका चालक रामकुमार खत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जानकारी दिएका छन् । यसैबिच प्रहरीले घटनामा संलग्न भएको आरोपमा अन्य तीन जनालाई पेस्तोल र तीन राउण्ड गोली सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रे रोशी गाउँपालिकाका दिलीप लामा, छिरिङ तामाङ र सञ्जय तामाङ रहेको प्रहरीले जनाएको छ ।
दिनदहाडैको घटनाले गर्दा अहिले राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

  • २३ आश्विन २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !