आंशिक प्राध्यापक र सरकारबिच भएको वार्ता निष्कर्शमा पुग्न सकेन

आजभोलि

आंशिक प्राध्यापक र सरकारबिच भएको वार्ता निष्कर्शमा पुग्न सकेन

काठमाडौँ ।
नेपाल आंशिक प्राध्यापक र सरकारबिच भएको वार्ता आज निष्कर्शमा पुग्न सकेन ।
शिक्षा मन्त्रालयमा सोमबार साँझ भएको वार्तामा सरकारका तर्फबाट शिक्षामन्त्रालयका सहसचिव तथा योजना महाशाखाका प्रमुख डिल्ली रिमाल, अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री र त्रिभुवन विश्वविद्यलायका योजना महाशाखा प्रमुख प्रा.डा. ऋदिश पोखरेल रहेका थिए । यस्तै आंशिक प्राध्यापक संघबाट नरेन्द्र भण्डारी, केशव चन्द, राजेन्द्र गिरी लगायतको उपस्थिति थियो ।
वार्ता सकारात्मक रुपमा अगाडि बढेपनि निष्कर्शमा पुग्न सकेन आन्दोलनका संयोजक नरेन्द्र भण्डारीले बताए । उनले भने ‘वहाँहरुले मागहरुको फाइल क्रमशः अगाडि बढेकोले अनशन स्थगन गरेर वार्तामा आउन आग्रह गर्नुभयो, तर हामीले मानेनौँ’ । सोमबारको वार्ता र निष्कर्शको बारेमा मंगलबार छलफल गरि थप प्रतिकृया र कार्यक्रम तय गरिने भण्डारीले बताए ।
झण्डै ८० दिन देखिको आंशिकको आन्दोलन, धर्ना, रिले अनशन र बिगत १३ दिन देखि आमरण अनशन निष्कर्शमा पुग्न सकेको छैन । आन्दोलन लम्बिँदै जाँदा अनशनकारी डा. महेश कुमार शर्माको अवस्था जटिल बनेको छ ।

  • २३ आश्विन २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !